बैंकहरूको नाफा ३४ अर्ब, कुन बैंकले कति कमाए ?

लगानीयोग्य पुँजीको अभावका बाबजुद वाणिज्य बैंकले राम्रै नाफा कमाएका छन् ।  चालू आर्थिक वर्षको ६ महिनामा बैंकहरूले समग्रमा ३४ अर्ब २० करोड ८५ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  गत आवको सोही अवधिमा यो नाफा ३१ अर्ब ७ करोड ३१ लाख रुपैयाँ थियो  ।  यो औसत १०.१० प्रतिशत बढी हो ।  अपेक्षा अनुसार व्यवसाय नबढेपछि समग्र नाफा भने उत्साहजनक नभएको बैंकरहरू बताउँछन् । अन्नपूर्ण पोस्टमा ममता थापाले खबर लेखेकी छन् । दोस्रो त्रैमासमा कुन बैंकले कति कमाए ?

सम्बन्धित सामग्री

साउनमा वाणिज्य बैंकहरूले कमाए साढे ८ अर्ब नाफा, कसको कति ?

काठमाडौं । चालू आर्थिक वर्षको साउनमा वाणिज्य बैंकहरूले साढे ८ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार एक महीनामा २० वाणिज्य बैंकहरूले कुल रू. ८ अर्ब ५२ करोड नाफा कमाएका हुन् ।   समीक्षा अवधिमा वाणिज्य बैंकहरूमध्ये सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक छ । बैंकले साउनमा रू. ९९ करोड २ लाख नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकको सूचीमा दोस्रोमा नबिल बैंक छ । बैंकले उक्त अवधिमा रू. ७५ करोड नाफा कमाएको छ । यस्तै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रू. ७४ करोड, हिमालयन बैंकले रू. ६३ करोड र कुमारी बैंकले रू. ५७ करोड नाफा कमाएका छन् । साउनमा सबैभन्दा कम नाफा नेपाल एसबिआई बैंक कमाएको छ । बैंकले उक्त अवधिमा रू. १६ करोड नाफा कमाएको छ । त्यस्तै, माछापुच्छ्रे बैंकले रू. १८ करोड, सिटिजन्स बैंकले रू. २४ करोड र सानिमा बैंकले रू. २५ करोड नाफा कमाएका छन् ।  कुन बैंकको कति ?

निर्जीवन बीमा कम्पनीहरुले कमाए ५ अर्ब भन्दा बढी नाफा, कसले कति कमाए ?

काठमाडौं । निर्जीवन बीमाकम्पनीहरुको नाफा अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा ४४ दशमलव ७० प्रतिशत वृद्धि भएको छ । गत आवको चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आवको चौथो  त्रैमाससम्ममा कम्पनीहरुले कुल रू. ३ अर्ब ५७ करोड नाफा कमाएकोमा गत आवमा बढेर रू.५ अर्ब १७ करोड भन्दा बढी पुगेको हो ।  १४ कम्पनीहरुमध्ये सबैभन्दा बढी नाफा राष्ट्रिय बीमा कम्पनीले रू. ७७ करोड २५ लाख कमाएको हो । यस कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ६३ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. ४७ करोड ३४ लाख नाफा कमाएको थियो । त्यस्तै दोस्रोमा नेको इन्सुरेन्स कम्पनीले रू. ५५ करोड ३१ लाख नाफा कमाएको छ ।  प्रतिशतका आधारमा सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा १८४ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवमा यस कम्पनीले रू. १४ करोड ६ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ४० करोड भन्दा बढी पुगेको हो । दोस्रोमा सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ९३ प्रतिशत वृद्धि भएको छ ।  निर्जीवन १४ कम्पनीहरुको नाफा अघिल्लो आवको तुलनामा गत आवमा सबैको वृद्धि भएको छ ।  अघिल्लो आवमा रू. १२ करोड ५६ लाख नोक्सानीमा रहेको नेशनल इन्स्योरेन्स कम्पनीले गत आवमा रू. २० करोड १८ लाख नाफामा रहेको छ ।

नेपालमा पहिलो पटक निजी मिडियाको हरहिसाब पारदर्शी रुपमा सार्वजनिक, के-के देखियो?

नेपालमा दुई किसिमका छापा मिडिया थिए- एउटा सरकारी, अर्को निजी लगानीको**। निजी लगानीका नाफा कमाउने उद्देश्य राखेका मिडिया कम्पनीले कति लगानी गरे, कति कमाए, कति गुमाए- केही पनि सार्वजनिक हुँदैन। तर पहिलो पटक एउटा निजी मिडिया कम्पनी- नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिकको प्रकाशन संस्था) को हरहिसाब पारदर्शी भएको छ। तर यो उसले चाहेर होइन, बाध्यताले।… Continue reading

एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?

हालसम्म एक दर्जन बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । कुल २६ वाणिज्य बैंकमध्ये १२ वटाले वित्तीय रिपोर्ट सार्वजनिक गरेका हुन् । रिपोर्ट सार्वजनिक गरेकामध्ये सानिमा बैंकको नाफामा ब्रेक लागेको छ भने बाँकी ११ वटा बैंकले नाफा कमाएका छन् ।अघिल्लो वर्षको तुलनामा स्टान्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी ६२.२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकले गत वर्ष २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । २०७७/७८ मा यो बैंकले १ अर्ब

छ महिनामा वाणिज्य बैंकहरूको नाफा ३३ अर्ब माथि, कसले कति कमाए ?

२७ वाणिज्य बैंकहरूको नाफा/नोक्सानको हिसाब किताब लगभग सकिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकहरूले छ महिनामा ३३ अर्ब माथिको नाफा कमाएका छन् । बैंकहरूले जारी गरेका वित्तीय रिपोर्टअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ वाणिज्य बैंकहरूले कुल ३३ अर्ब ४४ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । अघिल्लो वर्षको सोही अबधिमा यी २६ वाणिज्य बैंकहरूले ३० अर्ब ५० करोड  ८१ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । तुलनात्मक

बैंकहरुको नाफा बढ्यो, कुन बैंकले कति कमाए ?

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २३ वटा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। आव २०७७÷७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपैयाँ नाफा गरेका बैंकहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका हुन्। गत वर्ष सोही अवधिको तुलनामा बैंकहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ।  यो वर्ष ग्लोबल आईएमई बैंक धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ।  चालू आर्थिक वर्षको पुस मसान्तसम्म...

सेयर कारोबारबाट धेरै कमाउनेमा हिमालयन बैंक, कुन बैंकले कति कमाए?

कोरोना महामारीको प्रभावका बाबजुत गत आर्थिक वर्ष २७ वाणिज्य बैंकहरुले समग्रमा खुद नाफा मात्रै ६३ अर्ब ३७ करोड कमाए।

निर्जीवन बीमा कम्पनीमा कसले कति कमाए नाफा, प्रतिसेयर आम्दानी कति?

सार्वजनिक वित्तीय विवरणअनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

९ महिनामा बैंकहरूको नाफा ५० अर्ब ७४ करोड, कुन बैंकले कति कमाए?

साउनदेखि चैत मसान्तसम्म  ९ महिनाको अवधिमा २७ वाणिज्य बैंकहरुले कुल ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन्।

कुन बैंकले कति कमाए ?

कोभिड–१९ को असर कम भएसँगै बैंकहरुको नाफामा सुधार आउन थालेको छ । गत असार र असोजको तुलनामा बैंकको खुद नाफा घट्ने दरमा कमी आएको छ । आर्थिक गतिविधि बढेको, ब्याज उठ्न थालेको र हर्जा असुली पनि भएकाले नाफा सुध्रिँदै गएको बैंकरहरुले बताएका छन् । कान्तिपुरका अनुसार बैंकको नाफा यस्तो छ