२७ वाणिज्य बैंकहरूको नाफा/नोक्सानको हिसाब किताब लगभग सकिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकहरूले छ महिनामा ३३ अर्ब माथिको नाफा कमाएका छन् । बैंकहरूले जारी गरेका वित्तीय रिपोर्टअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ वाणिज्य बैंकहरूले कुल ३३ अर्ब ४४ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । अघिल्लो वर्षको सोही अबधिमा यी २६ वाणिज्य बैंकहरूले ३० अर्ब ५० करोड ८१ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । तुलनात्मक