काठमाडौं : करिब दुई वर्षदेखि ठप्प रहेको पर्यटन क्षेत्रमा चहलपहल देखिन थालेको छ। सरकारले कोराना भाइरसविरुद्धको खोप लगाएका नागरिकलाई नेपालमा अनअराइभल भिसा खुला गरेसँगै पर्यटन क्षेत्रमा चहलपहल बढेको हो। यसअघि नै पर्यटन व्यवसायीले नेपालमा कोरोनाको जोखिम कम भएकाले पर्यटन क्षेत्रलाई सहजीकरण गर्न माग गर्दै आएका थिए।केही दिनअघि मन्त्रिपरिषद् बैठकले खोप लगाएको १४ दिन पुगेका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको थियो। सरकारले सो निर्णय गरेसँगै पर्यटन क्षेत्रमा नयाँ उत्साह द