काठमाडौं । पर्यटन व्यवसायीहरुले हाल कायम रहँदै आएको अनअराइभल भिसा तथा क्वारेन्टिनको मापदण्ड हटाउन पर्यटन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । कोभिड–१९ पछि हाल नेपाल घुम्न आउने विदेशी पर्यटकहरुमा लगाइएको एक हप्ताको बाध्यकारी क्वारेन्टिनको मापदण्ड र अनअराइभल भिसा प्रोसेस अनावश्यक झन्झटिलो र अव्यवहारिक भएको भन्दै सो मापदण्ड अबिलम्ब हटाउन व्यवसायीहरुले सरकारसँग माग गरेका हुन् ।यस्तो मापदण्डका कारण विदेशी पर्यटकहरु नेपाल घुम्न नआउने मात्र नभएर, विश्व बजारमा नेपालको छवी समेत धुमिल हुनेमा