सरकारले विदेशी पर्यटक आगमनका लागि अनअराइभल भिसा खुल्ला गरेको छ । पर्यटन आगमनका लागि केही लचिलो नीति अबलम्बन गर्दै सरकारले अब कोभिड विरुद्धको पूर्ण डोज खोप लगाएका र आवश्यक प्रक्रिया पुरा गरेका विदेशी पर्यटकहरूलाई अनअराइभल भिषा उपलब्ध गराउने निर्णय गरेको हो । कोभिड–१९ को नयाँ भेरियन्ट सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी विदेशबाट नेपाल आउने नेपाली तथा विदेशीहरुको आवागमनलाई व्यवस्थित गर्न बनेको संक्रमण रोग ऐन, २०२० लाई परिमार्जन गर्दै सरकारले विदेशी पर्यटकह