विदेशी नागरिकले अनअराइभल भिसा पाउने

काठमाडौं : हवाई मार्गबाट नेपाल आउने विदेशी नागरिकले अनअराइभल भिसा पाउने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्बन्धित मुलुकको नेपाल नियोगबाट भिसा नपाएमा त्रिभुवन विमानस्थलबाट अनअराइभल भिसा पाउने गरी मापदण्ड २०७७ तयार पारेको छ। स्थल मार्ग हुँदै आउने पर्यटकले विदेशस्थित नेपाली नियोगबाट भिसा लिएर मात्र प्रवेश पाउनेछन्।नेपाल आउन चाहने पर्यटकले एजेन्सीसँग पर्यटनसँग सम्बन्धित कार्यक्रम निश्चित गरेपछि एजेन्सी पर्वतारोहणका लागि पर्यटन विभाग र पर्यटकीय गतिविधिका ल

सम्बन्धित सामग्री

दुवै खोप लगाएका विदेशी नगारिकलाई मात्र अनअराइभल भिसा दिने विभागको निर्णय

काठमाडौँ, ७ माघ। अध्यागमन विभागले कोरोनाविरुद्धको खोप लगाएका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको छ। अ ध्यागमन विभागले आज (शुक्रबार) सूचना जारी गर्दै दुवै खोप लगाएका विदेशी नागरिक प्रवेश आज्ञा (भिसा) प्राप्त गर्न प्रवेश विन्दुमा दुवै खोप लगाएको १४ दिन पुगेको प्रमाण, ७२ घन्टा अघिको कोभिडको नेगेटिभ रिपोर्ट, होटल बुकको प्रमाण, पर्वतारोहरण र पदयात्राको […]

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा खुला

सरकारले नेपाल आउने विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानूनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो । भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, उडानको चेक इन हुनुभन्दा ७४ घन्टाअघिको नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा त्यसको प्रतिलिपि उपलब्ध...