५ तस्बिरमा हेर्नुहोस् सुजुकी एभेनिस, ३ लाख मूल्य राखेर विक्री सुरु

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता भिजी सुजुकीले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले स्पोर्टी डिजाइनको एभेनिस १२५ बीएस ६ इन्जिनमा विक्री सुरु गरेको हो । भिजी सुजुकील राजधानीमा एक कार्यक्रम आयोजना गरी एभेनिस १२५ स्कुटरको विक्री सुरु गरेको हो । सेग्मेन्टमै सबैभन्दा आरामदायी दावी गरिएको एभेनिस निकै मोर्डन डिजाइनमा […]

सम्बन्धित सामग्री

सुजुकी सेलेरियो सार्वजनिक

काठमाडौं (अस) । नेपालका लागि सुजुकी चारपांग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीटी मोटोकर्पले इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलिरियो सार्वजनिक गरेको छ । सर्वाधिक माइलेज दिने गाडीको कम मूल्य हुँदा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट राहत मिल्ने कम्पनीको विश्वास छ । नयाँ सेलेरियोमा ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट–इन–सेगमेन्ट सुरक्षालगायत सुविधा छन् । कम्पनीका सेल्स एन्ड मार्केटिङ महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यू जेनेरेसन सेलेरियोमा बढी माइलेज, बिनासम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेका छन् । कारमा राखिएको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित गर्ने दाबी कम्पनीको छ । स्टाइलिस, एक्टिभ एन्ड उर्बान एक्सटेरियर डिजाइनले थ्रीडी अर्गानिक स्कल्प्डका साथ  गतिशील स्ट्यान्स दिन्छ । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले कारको  डिजाइन सिग्नेचरलाई जोड दिने कम्पनीको भनाइ छ । १५ इन्च र ३८.०२ सेन्टिमिटर अर्बन कालो अल्लो   पांग्र्रा र अगाडिको फगल्याम्पले कारमा जीवन्त शैलीको आकर्षण थपिएको कम्पनीले बताएको छ । नयाँ सेलेरियोलाई थप आरामका लागि फराकिलो क्याबिन,  स्वीपिङ क्यारेक्टर लाइन, उज्यालो क्रोम एक्सेन्टसहितको ट्वीन स्लट सेन्टर, एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले  भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ । पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेसनको ड्युल जेट, ड्युल भीभीटीयुक्त के– सिरिज इन्जिन प्रयोग गरेकाले नेपालमै सर्वाधिक २६.६८ किमि माइलेज दिने कम्पनीले जनाएको छ । कारमा नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि कुल्ड इजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिएको छ । कारमा आरामदायी ड्राइभिङ अनुभवका लागि १७.७८ सेमि स्मार्टप्ले इन्फरटेन्मेन्ट सिस्टम उपलब्ध छ । कम्पनीले नेपाली बजारमा सेलिरियो भीएक्सआई २७,९९०००, सेलिरियो जेडएक्सआई २९,९९०००, सेलिरियो जेडएक्सआई प्लस ३१,९९००० रुपैयाँ मूल्य पर्ने जनाएको छ ।

नेपाल भित्रियो ‘अल न्यू सेलिरियो, यस्तो छ मूल्य र विशेषता

नेपालका लागि सुजुकी चारपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक सीजी मोटोकर्पले नेपाली बजारमा ‘सुजुकी सेलिरियो’ सार्वजनिक गरेको छ ।

जनवरीदेखि मूल्य बढाउँदै मारुती सुजुकी

मंसिर १६, नयाँदिल्ली (भारत) । भारतीय अटो निर्माता कम्पनी मारुती सुजुकीले आगामी वर्षको जनवरीदेखि आफ्नो उत्पादनको भाउ बढाउँदैछ ।  कम्पनीले बिहीवार एक्सचेञ्जमा बुझाएको फाइलिङले यस्तो देखाएको हो । विगत वर्षमा विविध उत्पादन लागतमा वृद्धि हुँदा यसले कम्पनीको सवारी साधनको भाउमा निकै प्रभावित बनाएको कम्पनीले फाइलिङमा भनेको छ ।  मूल्य वृद्धिमार्फत यसको केही भार उपभोक्ताहरुको काँधमा सार्न लागिएको पनि फाइलिङमा भनिएको छ । मूल्यवृद्धि सन् २०२२ को जनवरीदेखि गर्ने योजना बनाइएको र फरक मोडलअनुसार वृद्धि फरक हुने पनि बताइएको छ । एजेन्सी

मारुती सुजुकी ब्रेजाको मूल्य बढ्यो, हेर्नुहाेस् कति पुग्यो ?

सिजी मोटोकर्पले सबै मोडलको मूल्य वृद्धि गरेको छ । कम्पनीले ४० हजारदेखि १ लाख ५ हजारसम्मले मूल्य बढाएको हो । सबैभन्दा धेरै मूल्य सर्वाधिक विक्री हुने ब्रेजा जेडएक्सआई प्लस भेरियन्टमा गरिएको छ । ब्रेजा भिएक्सआई भेरियन्ट पहिलोको तुलनामा ४० हजार रुपैयाँले महंगो भएको हो ।

किन बढ्यो सुजुकी गाडीको मूल्य?

मारुती सुजुकीले यसभन्दा अघि जनवरी र अप्रिलमा गाडीको मूल्य बढाएको थियो।

फेरि बढ्यो सुजुकी गाडीको मूल्य

गाडी निर्माणमा आवश्यक कच्चा सामग्रीको मूल्य बढेसँगै समग्र उत्पादन खर्च बढेको हो।

कारको मूल्य बढाउँदै मारुती सुजुकी *

असार ७, नयाँ दिल्ली (भारत) । भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डियाले घरेलु बजारमा कारको मूल्य बढाउने भएको छ । उत्पादन लागतमा भएको वृद्धितर्फ औंल्याउँदै चालू आर्थिक वर्षको दोस्रो त्रैमासदेखि लागू हुने गरी कम्पनीले मूल्य बढाउन लागेको  हो । उत्पादनसम्बन्धी विविध लागतमा भएको वृद्धिका कारण विगत वर्षमा कम्पनीको सवारी साधनको मूल्यमा निरन्तर प्रतिकूल प्रभाव परेको र यसको प्रभाव स्वरुप कारको मूल्य बढाइएको कम्पनीले एक नियामक फाइलिङमा भनेको छ । मूल्य कति बढाउन लागिएको हो भन्नेबारे चाँहि मारुतीले केही पनि खुलाएको छैन । मोडल अनुसार बढाइएको मूल्य फरक- फरक हुने छ । कम्पनीले यस अघि पनि जनवरी १८ मा उत्पादन लागत बढेको भन्दै केही मोडलको मूल्य २४ हजार रुपैयाँसम्म बढाएको थियो । एजेन्सी *कारको मूल्य बढाउँदै मारुती सुजुकी हुनुपर्नेमा अन्यथा भएकाले यसअघिको समाचार सच्याइएको छ ।

नयाँ सुजुकी डिजायर सार्वजनिक, यस्तो छ मूल्य

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले डिजायरको नयाँ संस्करण सार्वजनिक गरेको छ। २०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइन सहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसियासँगै आधुनिक वुड फिनिस इन्टेरियर रहेको कम्पनीले जनाएको छ। यसमा आइएसएस फक्सनसहितको नेक्स्ट जेन के सिरिज डुअल जेट, डुअल भिभिटी बिएस६ इन्जिन राखिएको छ। ११९७ सिसीको यो इन्जिनले ६६ […]