मंसिर १६, नयाँदिल्ली (भारत) । भारतीय अटो निर्माता कम्पनी मारुती सुजुकीले आगामी वर्षको जनवरीदेखि आफ्नो उत्पादनको भाउ बढाउँदैछ ।
कम्पनीले बिहीवार एक्सचेञ्जमा बुझाएको फाइलिङले यस्तो देखाएको हो । विगत वर्षमा विविध उत्पादन लागतमा वृद्धि हुँदा यसले कम्पनीको सवारी साधनको भाउमा निकै प्रभावित बनाएको कम्पनीले फाइलिङमा भनेको छ ।
मूल्य वृद्धिमार्फत यसको केही भार उपभोक्ताहरुको काँधमा सार्न लागिएको पनि फाइलिङमा भनिएको छ । मूल्यवृद्धि सन् २०२२ को जनवरीदेखि गर्ने योजना बनाइएको र फरक मोडलअनुसार वृद्धि फरक हुने पनि बताइएको छ । एजेन्सी