सिजी मोटोकर्पले सबै मोडलको मूल्य वृद्धि गरेको छ । कम्पनीले ४० हजारदेखि १ लाख ५ हजारसम्मले मूल्य बढाएको हो । सबैभन्दा धेरै मूल्य सर्वाधिक विक्री हुने ब्रेजा जेडएक्सआई प्लस भेरियन्टमा गरिएको छ । ब्रेजा भिएक्सआई भेरियन्ट पहिलोको तुलनामा ४० हजार रुपैयाँले महंगो भएको हो ।