भारतमा मारुती सुजुकी ब्रेजा CNG लन्च, मूल्य- ९.१४ लाख भारु, माइलेज- २५.५१ किलोमिटर

काठमाडौं । भारतीय कार निर्माता मारुती सुजुकीले SUV सेग्मेट ब्रेजा सीएनजी सार्वजनिक गरेको छ । योसँगै मारुतीले आफ्नो CNG पोर्टफोलियोमा अर्को गाडी थपेको हो । मारुती ब्रेजा सीएनजी यस वर्ष जनवरीमा अटो एक्सपोमा अनावरण गरिएको थियो । अब यो भारतीय अटो बजारमा लन्च गरिएको छ । ब्रेजा सीएनजीमा इलेक्ट्रिक सनरुफ, क्रुज कन्ट्रोल, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोसहितको स्मार्टप्ले, प्रो इन्फोटेनमेन्ट प्रणाली र की-लेस पुश स्टार्ट जस्ता सुविधाहरू रहेको कम्पनीले जानकारी दिएको छ । यसको सुविधाभन्दा पनि मूल्यले ग्राहकलाई आकर्षित गरेको कम्पनीको दाबी छ । मारुती सुजुकीले ब्रेजा सीएनजी अनावरण गरेको करिब डेढ महिनापछि सार्वजनिक गरेको हो । योसँगै मारुतीको सीएनजी पोर्टफोलियोमा १४ सीएनजी कार समावेश भएका छन् । मारुतीले यो ब्रेजा CNG SUV कारको प्रारम्भिक मूल्य ९.१४ लाख भारतीय रुपैयाँ (१४ लाख ६२ हजार नेपाली रुपैयाँ) तोकेको छ । ब्रेजा सीएनजी  परक मूल्य सेग्मेन्टमा चार भेरियन्ट लन्च गरिएको छ । भारतीय बजारमा मारुती सुजुकी ब्रेजा सीएनजी भेरियन्टको LXi S-CNG को मूल्य ९.१४ लाख भारु, VXi S-CNG को मूल्य १०.४९ लाख भारु, ZXi S-CNG को मूल्य ११.८९ लाख भारु, ZXi S-CNG डुअल र टोनको मूल्य १२.०५ लाख भारु छ। ब्रेजा CNG ले २५.५१ किमि माइलेज दिने दाबी ब्रेजा S-CNG K-Series को १.५ ली. डुअल जेट र डुअल VVT इन्जिन जडित छ । जसको अधिकतम पावर आउटपुट ६४.६ किलोवाट छ भने ५५०० आरपीएम र १२१.५ एनएमको पिक टर्क छ । मारुती सुजुकी ब्रेजा सीएनजीको माइलेज २५.५१ किलोमिटर छ । ब्रेजा S-CNG 5-स्पीड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ । यसमा मारुती सुजुकीको आफ्नै फ्याक्ट्री फिटेड एस–सीएनजी प्रविधि दिइएको छ । CNG ड्राइभ मोड र इन्धन गेजको सुविधा मारुती सुजुकी ब्रेजा सीएनजी ग्राहकहरूलाई पर्यावरण अनुकूल मोटरिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको छ । ब्रेजा CNG मा, मारुतीले विद्युतीय सनरुफबाहेक क्रुज कन्ट्रोल, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट प्रणाली प्रदान गरेको छ, जहाँ किलेस पुश स्टार्ट सुविधा, सीएनजी ड्राइभ मोड, डिजिटल र एनालग सीएनजी फ्युल गेजको सुविधा उपलब्ध गराइएको छ । 

सम्बन्धित सामग्री

सुजुकीको ग्राण्ड भिटारा र ब्रेजा सार्वजनिक

चितवन । नेपालका लागि सुजुकी ब्राण्डको चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक सिजी मोटोकर्प तथा सिजी एनेक्सटीजेनले दुई नयाँ एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले ग्राण्ड भिटारा र नयाँ ब्रेजा नामका गाडी शुक्रवार एक कार्यक्रमको आयोजना गरी चितवनको भरतपुरमा सार्वजनिक गरेको हो । कार्यक्रममा सादभी इन्टरनेशनलका प्रबन्ध निर्देशक सुरजराज जोशी, निर्देशक कैलाश घिमिरे, कम्पनी प्रतिनिधि तुफान शाही, गोपाल शाही लगायतको उपस्थिति थियो । कम्पनी प्रतिनिधि शाहीले यी गाडी चितवन आसपासका जिल्लालाई लक्षित गरी सार्वजनिक गरिएको बताए । ब्रेजाको बजार मूल्य ४१ लाख ९९ हजारदेखि ५३ लाख २९ हजारसम्म र ग्राण्ड भिटाराको बजार मूल्य ६० लाख ९९ हजारदेखि ८५ लाख २९ हजारसम्म रहेको कम्पनीले जानकारी दिएको छ ।

सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक

काठमाडौं । नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ गाडी सार्वजनिक गरिएको छ । नेपालका लागि सुजुकी ब्रान्डको चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले यी दुवै गाडी नेपाल भित्र्याएको हो । कम्पनीका अनुसार नेपालमा भित्र्याइएको ‘द ग्राण्ड भिटारा’ गाडी सुजुकी ब्रान्डको बहुप्रतिष्ठित मोडेल […]

नेपालमा शुक्रबार लन्च हुने न्यू जेनेरेशन ब्रेजा भारतमा बन्यो 'नम्बर १'

काठमाडौं । मारुती सुजुकीको कम्प्याक्स एसयूभी ब्रेजा भारतीय बजारमा सर्वाधिक विक्री हुने कार बनेको छ । बजारको मुख्य प्रतिस्पर्धी टाटा नेक्सनलाई १ हजार ८७३ यूनिटले पछि पार्दै ब्रेजा फेब्रुअरीमा विक्रीमा ‘नम्बर वान’ बनेको हो । सन् २०२३ को फब्रुअरीमा भारतीय बजारमा सुजुकी ब्रेजाको १५ हजार ७८७ यूनिट विक्री भएको छ । समीक्षा अवधिमा ब्रेजाको विक्री […]

सेग्मेन्ट लिडर फिचरको साथ नेपाल आउँदै ब्रेजा, मूल्य कति ?

काठमाडौं । मारुती सुजुकी ब्रेजाको नयाँ जेनेरेशन मोडल नेपाल आउने भएको छ । सिजी मोटोकर्पले नेपाल ल्याउने ब्रेजा चाँडै नेपाल आउने जानकारी विभिन्न डिलरहरुले शोसल मिडियामा गरेको पोष्टहरुबाट अनुमान गर्न सकिन्छ । मारुती सुजुकी ब्रेजाको फेसलिफ्ट मोडल २०२० को अन्त्यमा नेपाल आएसँगै यसको विक्री निकै उछाल आएको थियो । सन् २०२१ मा मात्रै करिब २ […]

ह्याचव्याक कारको जस्तै धेरै माइलेज दिने ब्रेजा, कति पर्ला नेपालमा मूल्य ?

काठमाडौं । मारुती सुजुकी धेरै माइलेज दिने कार उत्पादक ब्राण्ड हो । उसले केही वर्ष अघिसम्म ‘कित्ना दे ती है’ क्याम्पेन नै संचालन गरेको थियो । कम्पनीले केही दिनअघि भारतमा सार्वजनिक गरेको ब्रेजाको एआरएआई प्रमाणित माइलेजले यो सेग्मेन्टमा सबैलाई चकित बनाएको छ । मारुती सुजुकी ब्रेजा सेग्मेन्टकै सर्वाधिक ठूलो इन्जिन भएको कार हो । यसमा […]

मारुती सुजुकी ब्रेजाको मूल्य बढ्यो, हेर्नुहाेस् कति पुग्यो ?

सिजी मोटोकर्पले सबै मोडलको मूल्य वृद्धि गरेको छ । कम्पनीले ४० हजारदेखि १ लाख ५ हजारसम्मले मूल्य बढाएको हो । सबैभन्दा धेरै मूल्य सर्वाधिक विक्री हुने ब्रेजा जेडएक्सआई प्लस भेरियन्टमा गरिएको छ । ब्रेजा भिएक्सआई भेरियन्ट पहिलोको तुलनामा ४० हजार रुपैयाँले महंगो भएको हो ।

ब्रेजा र नेक्सनमा कुन ठिक ? यस्ता छन् फरक (मूल्यसहित)

काठमाडाैं । मारुती सुजुकीको सफल सब फोर मिटर एसयूभी भिटारा ब्रेजा र टाटाको चर्चित एसयूभी नेक्सन एक अर्काका प्रतिस्पर्धी मोडल हुन् । अहिले नेपाली बजारमा मारुती सुजुकी ब्रेजा सर्वाधिक विक्री हुने सब फोर मिटर एसयूभी हो । टाटा नेक्सन पनि निकै राम्रो संख्यामा विक्री भइरहेको मोडल हो । एउटै सेग्मेन्टमा विक्री हुने यी दुबै गाडी […]