सुजुकी सेलेरियो सार्वजनिक

काठमाडौं (अस) । नेपालका लागि सुजुकी चारपांग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीटी मोटोकर्पले इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलिरियो सार्वजनिक गरेको छ । सर्वाधिक माइलेज दिने गाडीको कम मूल्य हुँदा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट राहत मिल्ने कम्पनीको विश्वास छ । नयाँ सेलेरियोमा ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट–इन–सेगमेन्ट सुरक्षालगायत सुविधा छन् । कम्पनीका सेल्स एन्ड मार्केटिङ महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यू जेनेरेसन सेलेरियोमा बढी माइलेज, बिनासम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेका छन् । कारमा राखिएको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित गर्ने दाबी कम्पनीको छ । स्टाइलिस, एक्टिभ एन्ड उर्बान एक्सटेरियर डिजाइनले थ्रीडी अर्गानिक स्कल्प्डका साथ  गतिशील स्ट्यान्स दिन्छ । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले कारको  डिजाइन सिग्नेचरलाई जोड दिने कम्पनीको भनाइ छ । १५ इन्च र ३८.०२ सेन्टिमिटर अर्बन कालो अल्लो   पांग्र्रा र अगाडिको फगल्याम्पले कारमा जीवन्त शैलीको आकर्षण थपिएको कम्पनीले बताएको छ । नयाँ सेलेरियोलाई थप आरामका लागि फराकिलो क्याबिन,  स्वीपिङ क्यारेक्टर लाइन, उज्यालो क्रोम एक्सेन्टसहितको ट्वीन स्लट सेन्टर, एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले  भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ । पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेसनको ड्युल जेट, ड्युल भीभीटीयुक्त के– सिरिज इन्जिन प्रयोग गरेकाले नेपालमै सर्वाधिक २६.६८ किमि माइलेज दिने कम्पनीले जनाएको छ । कारमा नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि कुल्ड इजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिएको छ । कारमा आरामदायी ड्राइभिङ अनुभवका लागि १७.७८ सेमि स्मार्टप्ले इन्फरटेन्मेन्ट सिस्टम उपलब्ध छ । कम्पनीले नेपाली बजारमा सेलिरियो भीएक्सआई २७,९९०००, सेलिरियो जेडएक्सआई २९,९९०००, सेलिरियो जेडएक्सआई प्लस ३१,९९००० रुपैयाँ मूल्य पर्ने जनाएको छ ।

सम्बन्धित सामग्री

भोलिबाट बजारमा आउँदै नयाँ जेनेरेशन अल्टो, थाहापाउनुस् ५ तथ्य

काठमाडौं । मारूती सुजुकीको अल्टो के १० भोलि सार्वजनिक हुने भएको छ । इन्डो जापानी ब्राण्डले लामो समयपछि यसको नयाँ जेनेरेशन मोडल बजारमा ल्याउन लागेको हो । यसअघि नै विभिन्न समयमा परिक्षणको क्रममा देखिएको मारुती सुजुकी अल्टो के १० पहिलेको तुलनामा निकै परिस्कृत भएर आउन लागेको हो । झट्ट हेर्दा मारुती सुजुकी सेलेरियो जस्तै देखिने […]

प्रविशा ट्रेडिङमा सुजुकी सेलेरियो कार सार्वजनिक

काठमाडौं (अस) । नेपालका लागि सुजुकी चारपांग्र्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प काठमाडौंको आधिकारिक डिलर प्रविशा ट्रेडिङ प्रालिले एयरपोर्ट सोरुममा इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो बिक्री सुरु गरेको छ । सर्वाधिक माइलेज दिने नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट–इन–सेगमेन्ट सुरक्षा र सुविधायुक्त सुविधा छन् । कम्पनीका प्रबन्ध निर्देशक प्रवीणविक्रम शाहीका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यू जेनेरेसन सेलेरियोमा थप माइलेज, बिनासम्झौता सुरक्षा र सुविधाजनक फिचर रहेका छन् । स्टाइलिस थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । कारमा एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिल जडान गरिएको छ । सुजुकीको एड्भान्सड हर्टेक्ट प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अधिक सुरक्षा दिने कम्पनीले बताएको छ ।

सुजुकी सेलेरियो सार्वजनिक, सुरुवाती मूल्य २७ लाख ९९ हजार

काठमाडौँ । सुजुकी सेलेरियो सार्वजनिक भएको छ । सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन र सीजी मोटोकर्पले सुजुकी सेलेरियो सार्वजनिक गरेको हो । राम्रो माइलेज दिने सेलेरियोको पेट्रोलेयम पदार्थको मूल्यवृद्धि हुँदा पनि खर्च कम हुने कम्पनीको दाबी छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन र फर्स्ट–इन–सेगमेन्ट सुरक्षा लगायतका विशेषताहरु रहेको कम्पनीले बताएको […]

कार सुजुकी सेलेरियो सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले पारिवारिक कार सेलेरियो सार्वजनिक गरेको छ । कम्पनीले यो कार सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार रहेको दाबी गरेको छ । सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ खर्च, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धिभारबाट केही राहत...

सर्वाधिक माइलेज दिने कार ‘सुजुकी सेलेरियो’ सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन, सीजी मोटोकर्पले सर्वाधिक माइलेज दिने पारिवारिक कार ‘सुजुकी सेलेरिओ’ सार्वजनिक गरेको छ । सबैभन्दा धेरै इन्धन प्रभावकारी एवं सर्वाधिक माइलेज दिने सो गाडीको ‘लो रनिङ कस्ट’का कारण र पेट्रोलियम पदार्थको बढ्दो मूल्यवृद्धिको भारबाट सेवाग्राहीले केही राहत पाउने विश्वास कम्पनीले […]

२३ किमी माइलेज दिने सुजुकी सेलेरियो कार नेपाली बजारमा

सुजुकीका चार पाङ्ग्रे सवारी साधनका लागि नेपालको आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले लोकप्रिय प्यासेन्जर कार सेलेरियोको नयाँ फेसलिफ्ट भर्जनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ। प्रफेक्ट फेमिली कारका रुपमा सार्वजनकि गरिएको सेलेरियोमा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको छ।