काठमाडौं। साउदी अरबस्थित नेपाली दूतावासले नेपालबाट जोन्सन एण्ड जोन्सनको कोरोना खोप लगाएर आउनेले साउदीमा क्वारेन्टिनमा बस्नुनपर्ने जानकारी दिएको छ। दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“छुट्टीमा नेपाल गएर साउदी फर्किन लागेका र साउदी अरब आउने नयाँ कामदारले जोन्सन एण्ड जोन्सन खोप लिन सक्नेछन्। उक्त खोप लगाएको१४दिनपछि साउदी अरबमा आउँदा यहाँ आएपछि संस्थागत क्वारेन्टिनमा बस्नुपर्दैन।”साउदीमा फाइजर,अस्ट्राजिनेका,मोडेर्ना र जोन्सन एण्ड जोन्सनको खोपले अनुमति पाएकाछन्।