सांसदकै घरमा पुगेन जनगणना टोली

काठमाडौं : प्रतिनिधिसभाका सांसदहरूले आफ्नै घरमा जनगणनाको टोली नआएको बताउँदै पुनः जनगणना गर्न माग गरेका छन्।नेपाली कांग्रेसकी सांसद प्रमिला राईले जनगणनामा आफू नै छुटेको खुलासा गरिन्।सांसदहरूले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति प्रकट गरेका छन्।राज्यको उद्देश्य र जनताले चाहेजस्तो गणना भएको छैन। वास्तविक तथ्यांक आएको छैन। विदेशमा गएकाहरूको गणना छुटेको उनीहरूले बताए।मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सिंह

सम्बन्धित सामग्री

मैथिली साहित्यकार सभाद्वारा जनगणना सच्याउन माग

राष्ट्रिय जनगणना २०७८ मा गम्भीर त्रुटी भएको भन्दै मैथिली साहित्यकार सभाले सच्याउन माग गरेको छ । मैथिली साहित्यकार सभाले तथ्याङ्क कार्यालय धनुषामार्फत् केन्द्रीय तथ्याङ्क विभागलाई एक ज्ञापन पत्र पठाउँदै त्रुटी सच्याउन माग गरेको हो ।गणकहरु सबैका घरमा तथ्याङ्क संकलन गर्न नगएको, डटपेनको सट्टा सिसाकलमले फारम भरेको, फारमको सट्टा सादा कागजसमेत प्रयोग गरिएको, कतिपय व्यक्तिसँग धर्म र मातृभाषासम्बन्धी प्रश्न नसोधिएको, उत्तरदाताले भनेको धर्म र मातृभाषाको सट्टा अर्को धर्म र मातृभाषा लेखेकोजस्ता गम्भीर त्रुट

जनगणना त सकियो, तपाईँको घरमा गणक आए?

काठमाडौँ– कोही नछुटुन् कोही नदोहोरिऊन् भन्ने मर्मका साथ जनगणना गरिने भएपनि यस पटक केही भूभागका नेपाली जनगणनाजस्तो राष्ट्रिय अभियानमा छुटेका छन्। नेपाली भूभागभित्र बसोबास गर्ने नेपालीहरुलाई यस्तो अभियानमा छुटाउन मिल्दैन। केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिएपछि यस पटकको जनगणनामा ती ठाउँका मानिसहरु समावेश हुन नपाएका हुन्। […]

जीतु नेपालले भने– यो पटकको जनगणना झन्झटिलो छ

प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको १२ औँ संस्करण गत २५ गतेबाट सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ देशभरका ७७ वटै जिल्लामा केन्द्रीय तथ्यांक विभागले ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ । विगतको तुलनामा यो वर्षको जनगणना झन्झटिलो रहेको सर्वसाधारणले बताउन थालेका छन् ।हाँस्य कलाकार जीतु नेपालले पनि यो पटकको जनगणना झन्झिटिलो रहेको बताए । ‘यो पटकको जनगणना झन्झटिलो मात्र होइन, रमाइलो र अलि फरक शैलीको लाग्यो,’ जीतुले भने, ‘घरमा टिभी, फ्रिज, रेफ्रिजेरेटरदे

जनगणनाको प्रश्नावली : ‘घरमा वासिङ मेसिन छ ? चर्पी कस्तो छ ?’

आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सुरु गरेको जनगणनाका लागि देशभर ३६ हजार गणकहरू र ८ हजार ५ सय सुपरिवेक्षकहरू सहभागी भएका छन् । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविललाल श्रेष्ठ सहितका पदाधिकारीहरू बिहान राष्ट्रपतिको कार्यालयमा गएर विद्यादेवी भण्डारीको परिवारको जनगणना गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी दलका नेताको घरमा गएर पनि जनगणना लिन विभागका पदाधिकारी स्वयं खटिएका छन् । जनगणनाका लागि सात प्रदेश र जिल्लास्तर

जनगणनाका लागि सुपरिवेक्षक घर–घरमा

राष्ट्रिय जनगणना–२०७८ अनुसार म्याग्दीमा जनगणनाका लागि घर र घरपरिवारको सूचीकरण संकलन सुरु भएको छ । जिल्ला जनगणना कार्यालय म्याग्दीले सुपरिवेक्षकहरूलाई तालिम दिएर भदौ ३० देखि असोज १८ गतेसम्म घर तथा घरपरिवारको सूचीकरण गर्न स्ुपरिवेक्षकहरू घरदैलोमा खटाएको छ ।जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले भदौ ३० गतेदेखि १८ गतेसम्म सुपरभाइजरहरू घर तथा परिवारको विवरण संकलनका लागि घरदैलोमा […]

जनगणना ०७८ : बैंक खातादेखि गाईवस्तुसम्मका ८० प्रश्न सोधिने

काठमाडौं :  केन्द्रीय तथ्यांक विभागले यही कात्तिक अन्तिम हप्तादेखि देशभर जनगणना गर्दै छ। तर, त्यसभन्दा पहिले भाद्र ३० देखि असोज १८ सम्म सूचीकरणको काम गरिरहेको छ। सूचीकरणको काम सकिएपछि विभागले जनगणनाको प्रक्रिया सुरु गर्दै छ। हरेक १० वर्षमा हुने जनगणनाका लागि करिब ८० वटा प्रश्न हरेक व्यक्तिलाई सोध्ने कार्यक्रम रहेको छ।परिवारमा रहेका संख्या, घरमा पालेका गाईवस्तु तथा जनावरको समेत विवरण भरिने विभागका सूचना अधिकृत तीर्थराज चौलागाईंले जानकारी दिए।हरेक परिवारको बैंक तथा वित्तीय संस्थाका

१२ औँ राष्ट्रिय जनगणना अन्तर्गत घरपरिवारको सूचीकरण सुरु

काठमाडौँ । आजबाट १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत आज (बुधबार) बाट घर तथा घरपरिवारको सूचीकरण सुरुआत भएको हो । भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर(घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंले जानकारी दिए । सूचीकरणमा घरपरिवारमा […]

नवलपरासीमा जनगणना जिल्ला कार्यालय स्थापना

राष्ट्रिय जनगणना २०७८ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । जिल्लामा तथ्यांक कार्यालय नभएकाले भाडाको घरमा कार्यालय स्थापना गरिएको हो ।  मंगलवार कावासोतीको थकालीचोकमा जिल्ला कार्यालयको स्थापनासँगै गणक र सुपरीक्षकका लागि हस्तलिखित दारखास्तसमेत आह्वान गरिएको छ । कार्यालय प्रमुख जीतेन्द्र रानाभाटका अनुसार जिल्लामा ४६२ गणक र १०४ सुपरीवेक्षकको आवश्यकता पर्नेछ । दुवै पदका लागि चैत ५ देखि ११ गतेसम्म कार्यालयमा नै पुगेर हस्तलिखित निवेदनसहित दरखास्त फारम भरेर बुझाउन सकि...

देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदै, लिम्पियाधुरामा के होला ?

देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ । ६ महिनापछि घरघरै पुगेर विवरण संकलन गर्न लागिएको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ । यसअघि २०५८ र २०६८ मा पूर्णगणनाविधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो । यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ ।  पूर्णगणना विधिबाट सबै घरमा पुगेर तथ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । २०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यसैबीच सरकारले सुरक्षाको प्रत्याभूति ग