राष्ट्रिय जनगणना २०७८ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ ।
जिल्लामा तथ्यांक कार्यालय नभएकाले भाडाको घरमा कार्यालय स्थापना गरिएको हो ।
मंगलवार कावासोतीको थकालीचोकमा जिल्ला कार्यालयको स्थापनासँगै गणक र सुपरीक्षकका लागि हस्तलिखित दारखास्तसमेत आह्वान गरिएको छ । कार्यालय प्रमुख जीतेन्द्र रानाभाटका अनुसार जिल्लामा ४६२ गणक र १०४ सुपरीवेक्षकको आवश्यकता पर्नेछ ।
दुवै पदका लागि चैत ५ देखि ११ गतेसम्म कार्यालयमा नै पुगेर हस्तलिखित निवेदनसहित दरखास्त फारम भरेर बुझाउन सकि...