काठमाडौं : केन्द्रीय तथ्यांक विभागले यही कात्तिक अन्तिम हप्तादेखि देशभर जनगणना गर्दै छ। तर, त्यसभन्दा पहिले भाद्र ३० देखि असोज १८ सम्म सूचीकरणको काम गरिरहेको छ। सूचीकरणको काम सकिएपछि विभागले जनगणनाको प्रक्रिया सुरु गर्दै छ। हरेक १० वर्षमा हुने जनगणनाका लागि करिब ८० वटा प्रश्न हरेक व्यक्तिलाई सोध्ने कार्यक्रम रहेको छ।परिवारमा रहेका संख्या, घरमा पालेका गाईवस्तु तथा जनावरको समेत विवरण भरिने विभागका सूचना अधिकृत तीर्थराज चौलागाईंले जानकारी दिए।हरेक परिवारको बैंक तथा वित्तीय संस्थाका