राष्ट्रिय जनगणना २०७८ मा गम्भीर त्रुटी भएको भन्दै मैथिली साहित्यकार सभाले सच्याउन माग गरेको छ । मैथिली साहित्यकार सभाले तथ्याङ्क कार्यालय धनुषामार्फत् केन्द्रीय तथ्याङ्क विभागलाई एक ज्ञापन पत्र पठाउँदै त्रुटी सच्याउन माग गरेको हो ।गणकहरु सबैका घरमा तथ्याङ्क संकलन गर्न नगएको, डटपेनको सट्टा सिसाकलमले फारम भरेको, फारमको सट्टा सादा कागजसमेत प्रयोग गरिएको, कतिपय व्यक्तिसँग धर्म र मातृभाषासम्बन्धी प्रश्न नसोधिएको, उत्तरदाताले भनेको धर्म र मातृभाषाको सट्टा अर्को धर्म र मातृभाषा लेखेकोजस्ता गम्भीर त्रुट