आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सुरु गरेको जनगणनाका लागि देशभर ३६ हजार गणकहरू र ८ हजार ५ सय सुपरिवेक्षकहरू सहभागी भएका छन् । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविललाल श्रेष्ठ सहितका पदाधिकारीहरू बिहान राष्ट्रपतिको कार्यालयमा गएर विद्यादेवी भण्डारीको परिवारको जनगणना गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी दलका नेताको घरमा गएर पनि जनगणना लिन विभागका पदाधिकारी स्वयं खटिएका छन् । जनगणनाका लागि सात प्रदेश र जिल्लास्तर