माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादवले नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर देशमा राजनीतिक संकट उत्पन्न गराएको बताएका छन् ।‘संविधानको रक्षक राष्ट्रपति हुन्छ, तर जो रक्षक हुन्छ उसले नै त्यसलाई उल्लघंन गर्छ भने त्यसले राजनीतिक संकट निम्त्याउन सक्छ’ नेता यादवले भने, ‘नागरिकता समस्या मधेशको मात्र समस्या नभएर देशकै समस्या हो ।’नागरिकता समस्या मधेशको मात्र समस्या हो भनेर कतिपयले यसबाट पन्छिन खोजेको बताउँदै उनले सरकारी तथ्यांक नै हेर