पोखराः २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्कीका तीनै क्षेत्रमा जित निकालेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई विरासत जोगाउन मुस्किल छ। अघिल्लो निर्वाचनमा वाम गठबन्धन बनाएर निर्वाचन जितेको एमालेको अगाडि प्रतिस्पर्धी अहिले उही सहयात्री माओवादी केन्द्र छ। सम्रगमा कास्कीमा प्रतिस्पर्धा रोचक छ। एमालेबाट टुक्रिएर बनेको एकिकृत समाजवादी र माओवादी केन्द्र…