काठमाडौं : साहित्यकार तिलबिक्रम नेम्वाङ (बैरागी काइँला) को आइसीयूमा उपचार भइरहेको छ। विहीवार राति मस्तिष्कघात (ब्रेन स्ट्रोक) भएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको हो।
'सुत्न जाँदा बुवा अचानक ढल्नु भयो। दाहिने खुट्टा र हात चलिरहेको थिएन। उहाँलाई राति नै अस्पताल ल्याएका थियौँ, ब्रेन स्ट्रोक भएको रहेछ,' उनकी छोरी नओमती लिम्बुले…