शून्य ओछ्याएर खाटमाथि–फिलाहरूमा निद्रा चेपेर जो विस्मृत छौँ,नाचौँ नाचौँ– अनस्तित्वको विरुद्ध !खण्डहर खनेर क्षयग्रस्त हस्तिहाडमाभाँच्चिएको चौकोसमा, माटाका खपटामाकतै भेटिनु आफू– भेटिनु आफूकाठबाँसको लिङ्गवरिपरि मान्छे रोपेरनाचौँ नाचौँ आफैँभित्र पनि निर्वासनको विरुद्ध !बैरागी काइँलाले २०२१ सालमा लेखेको कविता हो यो । ‘अस्तित्वको दाबीमा साबातको बैला उत्सव’ शीर्षकमा रूपरेखामा प्रकाशित यो कविता उनले आयामेली लेखनका क्रममा तयार पारेका हुन् । सर्जक आफैँ पनि जनजाति भएकाले