नेपाली कांग्रेसको नेतृत्वमा रहेको विपक्षी गठबन्धनले लोकतन्त्र र संविधानको रक्षाको लागि संवैधानिक र राजनीतिक लडाइँलाई निरन्तरता दिने बताएको छ ।
बिहीवार काठमाडौंमा सम्पादकहरूसँगको अन्तक्र्रिया कार्यक्रममा विपक्षी नेताहरूले सरकारले संविधानमाथि लगातार धावा बोलेकाले आफूहरू संघर्षमा उत्रिनुपरेको बताएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले असंवैधानिक रूपमा २ पटक प्रतिनिधि सभाको विघटन गरेर सरकारले लोकतन्त्र समाप्त गर्न खोजेको आरोप लगाए । देउवाले सरकारले अध्यादेशमार्फत निरंशुकता लाद्न खोजेकाले आफूह...