काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाली क्रिकेट खेलाडीको वर्गीकरणमा कुनै परिमार्जन नहुने स्पष्ट पारेका छन् ।
खेलाडीहरूले बुझाएको १९ बुँदे ज्ञापनपत्रबारे बिहीबार (आज) मूलपानीस्थित क्यानको कार्यालयमा खेलाडीसँगको छलफलपछि मल्लले भने, “वर्गीकरणको विषयमा चित्त नबुझे उहाँले हामीलाई सोध्न पाउनुहुन्छ । हामीले जवाफ दिन्छौँ । क्यानले बनाएको समितिले गरेको...