पूर्व गृहमन्त्री एवम् नेकपा (एमाले) का नेता रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् । प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए ।नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए । “स्रोत नखुलाइ लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो”, उनले भने । राष्ट्