पूर्व गृहमन्त्री एवं नेकपा एमाले नेता रामबहादुर थापा बादलले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसीसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए ।
‘स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो,’ उनले भने । राष्ट्रिय अर्थ...