भाडादर परिमार्जन गर्न व्यवसायीको माग

लमजुङको राइनास नगरपालिकाअन्तर्गत सडक सवारी भाडा परिमार्जन गर्न व्यवसायीले माग गरेका छन् । व्यवसायीको साझा संस्था लमजुङ उद्योग वाणिज्य संघले भाडा दर परिमार्जन गर्न विज्ञप्तिमार्फत् प्रशासनसँग माग गरेको हो । पूर्वी लमजुङको राईनास नगरपालिकाअन्तर्गत १५ किलोमिटर सडक कालोपत्रे भएर यातायात सेवा सहज हुँदा पनि पुरानै भाडादर कायम भएकोले समयसापेक्षा परिमार्जन गर्न संघले आग्रह गरेको हो […]