काठमाडौँ– टर्कीका विदेशमन्त्री मेल्भत चाभुसोग्लुले रुसले युक्रेनबाट अन्न चोरी गरेको विषयमा आफ्नो मुलुकले छानबिन गरेको जनाएका छन् । रुसले युक्रेनबाट अन्न चोरेर टर्की लगायतका तेस्रो मुलुकमा बिक्री गर्ने गरेको आरोप लागेपछि यसबारे छानबिन सुरु गरिएको चाभुसोग्लुले जनाएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आफ्नो छानबिनको प्रगतिबारे युक्रेनलाई जानकारी गराइएको समेत बताए । ‘हामीले हरेक दाबीलाई […]