युरोपेली सङ्घ ईयूले रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको आरोप लगाएको छ ।
ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धका कारण रुसले विश्वमा अनिकालको जोखिम निम्त्याएको बताउनु भएको हो ।
युक्रेनमाथि रुसले सुरू गरेको युद्धका कारण खाद्य सुरक्षाको खतराको बढेको उहाँको भनाइ छ । रूसले ‘ब्ल्याक सी’लाई युद्धग्रस्त क्षेत्रमा परिणत गरेको र युक्रेनबाट अन्न तथा मल ढुवानीमा अवरोध खडा गरेको उहाँले बताउनु भएको छ । उहाँले विश्वव्यापी खाद्य सुरक्षाका लागि संयुक्त र...