रुससँग भएको महत्वपूर्ण सम्झौता अन्तर्गत युक्रेनबाट अन्न बोकेको पहिलो जहाज निस्किएको छ । टर्की र युक्रेनी अधिकारीहरूका अनुसार सोमबार बिहान ओडेसाको दक्षिणी बन्दरगाहबाट जहाजले यात्रा सुरु गरेको थियो । रुसले फेब्रुअरीदेखि युक्रेनी बन्दरगाहहरू अवरुद्ध गर्दै आएको थियो । तर दुवै पक्षले केही दिनअघि ढुवानी पुनः सुरु गर्ने सम्झौता गरे ।यो सम्झौताले विश्वव्यापी खाद्य संकटलाई कम गर्ने र अन्नको मूल्य घटाउने आशा गरिएको छ । टर्कीका अनुसार सिएरा लियोनको झण्डा रहेको ‘रजोनी’ नामक जहाज लेबनानको त्