रुसले युक्रेनको राजधानी किएभमा सोमवार बिहानै मिसाइल आक्रमण गरेको छ । आक्रमणको क्रममा भएका धेरैवटा विस्फोटनमा मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालिन सेवाहरूले जनाएका छन्। युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समय अनुसार बिहानको ८ बजे लगत्तै कम्तीमा दुई वटा विस्फोटनको आवाज सुनिएको बिबिसीले उल्लेख गरेको छ। कैयौँ महिनाको अन्तरालमा किएभमा त्यस्तो हमला भएको हो। बीबीसी संवाददाताहरूका अनुसार देशका अन्य भागहरूबाट समेत विस्फोटनका खबर आइरहेका छन्। आक्रमण अझै जारी रहेको बताईएको छ । बिबिसीक अनुसार ती विस्फोटनहरू युक्रेन युद्धको सुरुमा भएका रुसी हवाई हमलामा भन्दा निकै धेरै केन्द्र भागमा सोझिएका देखिन्छन्। यी हमलाहरू रुसको अधीनस्थ क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएको दुई दिनपछि भएको हो। आक्रमणपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेन र युक्रेनी जनतालाई पृथ्वीबाट नै समाप्त पार्न खोजेको बताएका छन् । उनले सबैलाई घर भित्र रहन पनि आग्रह गरेका छन्।
न्युयोर्क – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उहाँले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हुन् । रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको मृत्यु भएको र लाखौँ विस्थापित भएको उनले जानकारी दिए ।‘रुसले युक्रेन र युक्रेनी जनता विरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण […]
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको महासभामा बोल्ने क्रममा उहाँले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राख्नुभएको हो ।
रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको ज्यान गएको र लाखौँ विस्थापित भएका उहाँले जानकारी दिनुभयो । ‘रुसले युक्रेन र युक्रेनी जनताविरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ’, उहाँले भन्नुभयो ।
यस क्षेत्रको शान्ति सुरक्षाका ला...
युक्रेनी सेनालाई अमेरिकी सेनाले रुसी सेनालाई परास्त गर्न सैन्य ड्रोन चलाउन प्रशिक्षण दिइरहेको छ । पेन्टागनका अनुसार अमेरिकाले युक्रेनलाई उपलब्ध गराउने स्विचब्लेड ड्रोन प्रयोग गर्न सिकाइरहेको छ । रुसले युक्रेन आक्रमण गर्नुपूर्व अमेरिकामा रहेका युक्रेनी सेनालाई सो सम्बन्धी सैन्य प्रशिक्षण दिइरहेको पेन्टागनका प्रवक्ता जोन किर्वीले बताउनुभएको हो ।
एजेन्सी । युक्रेनले रुसी सेनाले माइन (विस्फोटक पदार्थ) बिछ्याएर युक्रेनका सहरहरु खाली गर्न थालेको आरोप लगाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको आइतबार (आज) ३९ दिन पुगेको छ । युक्रेनी सेनाले बहादुरीपूर्वक रुसी सेनाबिरुद्ध आक्रमण गरिरहेका छन् । रुसले सोचे विपरित युक्रेन युद्ध लम्बिएको छ । रुसले युक्रेन कब्जा गर्न समय नलाग्ने आकलन गरेको थियो […]
रुसको सबैभन्दा ठूलो स्टक एक्सचेन्जको रुपमा रहेको मस्को स्टक एक्सचेन्जमा कारोबार स्थगित गरिएको छ । मस्को स्टक एक्सचेन्जले सूचना जारी गर्दै अर्को सूचना नआएसम्मको लागि अनिश्चितकालको लागि कारोबार स्थगित गरेको जनाएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि मस्को स्टक एक्सचेन्जले कारोबार स्थगित गरेको हो । रुसका राष्ट्रपति भाल्दमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य आक्रमणको आदेश दिएसंगै रुसले युक्रेन माथि आक्रमण थालेको हो । विश्वभरको समाचारहरु ट्वीटर एकाउन्ट मार्फत जानकारी दिने स्पेकटेटर इन्डेक्सका अनुसार अहिले रुसले ब्यालिस्टिक र क्रुज मिसाईलद्वारा आक्रमण गरिरहेको छ । युक्रेनका अधिकारीलाई उधृत गर्दै उसले रुसी सेनाहरु बोर्डर पार गरेर युक्रेनको भूमिमा प्रवेश गरिरहेको जनाएको छ । रुसले यस अघि नै सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेको थियो । अमेरिकी सेनेटर मारको रुबियोले रुसले युक्रेनमा रहेको अन्तराष्ट्रिय विमानस्थल कब्जा गर्न खोजेको र त्यही क्षेत्रको आसपास आक्रमण गरिरहेको बताएका छन् । राजधानी किभ र दोस्रो ठूलो शहर खार्किभ लगायतका युक्रेनका विभिन्न भागमा ठूला बिस्फोटका आवाज सुनिएका छन् । अमेरिका लगायतका पश्चिमा देशले भने तुसको कदमको निन्दा गर्दै यसको जिम्मेवारी रुसले नै लिनु पर्ने बताएका छन् । रुसी राष्ट्रपतिले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्र डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्रको राष्ट्रको मान्यता दिएसंगै त्यस क्षेत्रमा आक्रमणको आदेश दिएका हुन्।समाचार संस्था द गार्जियनका अनुसार पुटिनले युक्रेनी र रुसी सेना आमने सामने हुनु अपरिहार्य रहेको बताएका छन्। उनले नेटोलाई युक्रेनको भूमिमा थप अगाडी नबढ्न समेत चेतावनी दिएका छन् । अहिलेको परिस्थितिले रुसलाई निर्णायक कदम लिन बाध्य बनाएको र सैन्य कारवाही जनतालाई बचाउनको लागि रहेको उनले बताएका छन् । उनले युक्रेनीलाई चेतावनी दिदै भनेका छन् 'तिमीहरुको पुस्ताले रुस बिरुद्द लडेका थिएनन् , तिमीहरु पनि हतियार बुझाएर फिर्ता जाउँ, युद्द बह्ये त्यसको जिम्मेवारी युक्रेनले लिनु पर्ने छ' । हाल युक्रेनमा संकटकाल घोषणा गरिएको छ । साथै जहाज हरुलाई युक्रेनी आकाश भएर यात्रा गर्न प्रतिबन्ध लगाईएको छ ।
काठमाडौं । रुसले युरोपमा कुनै पनि बेला ठूलो आक्रमण गर्नसक्ने दाबी युक्रेनले गरेको छ । देशभर संकटकाल लागू गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले युक्रेन विरुद्ध कुनै पनि बेला युद्ध सुरू गर्ने र त्यो युरोपभर फैलिनसक्ने दाबी गर्नुभएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो फोन कल नउठाएको जानकारी दिँदै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिन आक्रमणको […]