बुक बिल्डिङमा अलमल

चैत ३, काठमाडौं । वास्तविक क्षेत्रका कम्पनीहरूलाई पूँजी बजारमा भित्र्याउन नेपालमा पहिलोपटक शुरू गरिएको बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा अलमल भइरहेको छ । बुक बिल्डिङ कार्यान्वयन हुन नसक्नुमा कम्पनीहरू र नियामक निकायको आआफ्नै तर्क छन् । बुक बिल्डिङमार्फत कम्पनीले शेयर जारी गरेको भए एकातिर सर्वसाधारणले नाफामा गएका त्यस्ता कम्पनीको शेयर किन्न पाउँथे भने अर्कोतर्फ ती कम्पनीप्रति सर्वसाधारणको अपनत्व बढ्थ्यो । यसले धितोपत्र दोस्रो बजार पनि विविधीकरण हुन्थ्यो । संसारका थुप्रै मुलुकमा यस्तो विधि प्रयोगमा ल्याइएपछि धितोपत्र बजार थप परिपक्व भएको उदाहरण छन् । पहिलोपटक सर्वोत्तम सिमेन्टले गतवर्ष नै बुक बिल्डिङमार्फत शेयर जारी गर्ने घोषणा गरे पनि अझै जारी हुन सकेको छैन ।  सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपाने नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग सम्झौता हुन नसक्दा आफूहरू अन्योलमा परेको बताउँछन् । ‘नेपालका लागि नयाँ रहेको यो विधिमार्फत संस्थागत लगानीकर्ताले शेयरका लागि बोलकबोल गर्न स्वचालित विद्युतीय ९बिडिङ० प्रणाली आवश्यक हुने र यसका लागि नेप्सेले प्रणाली निर्माण नगरेकाले प्रक्रिया अघि बढ्न सकेको छैन,’ उनले भने ।  उनले कम्पनीका तर्फबाट भने आईपीओ निष्कासनका लागि सम्पूर्ण तयारी पूरा भएको बताए । ‘त्यसैले बिडिङ प्रणालीको टुंगो लागे प्रक्रिया अघि बढ्छ,’ उनले भने । बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्दा मूल्यसीमा निर्धारणका लागि संगठित संस्थाले बिडिङ प्रणालीमार्फत बोलकबोल गर्नेगरी धितोपत्र बजारसँग सम्झौता गर्नुपर्ने हुन्छ ।  यता नेप्सेले भने कम्पनीले बिडिङ प्रणालीको विकल्पमा अन्य व्यवस्थाबाट पनि मूल्यसीमा निर्धारणको प्रक्रिया सम्पन्न गर्न सक्ने बताएको छ । नेप्सका सूचना अधिकारी मुराहरि पराजुली बिडिङ प्रणाली सञ्चालनमा नआएसम्म संगठित संस्थाले शिलबन्दी बोलकबोलमार्फत पनि विक्रीको आवेदन माग गर्न सक्ने विकल्प रहेको दाबी गर्छन् । बिडिङ प्रणाली सञ्चालन नगरेका कारण सर्वोत्तमको आईपीओ निष्कासन रोकिने अवस्था नआउने उनको भनाइ छ । बुक बिल्डिङका लागि नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्तासमेत नियुक्त गरिसकेको थियो । गतवर्षको चैतमै सर्वोत्तमले विक्री प्रबन्धक नियुक्त गरिसकेको थियो ।  धितोपत्र बोर्डले निर्देशिकाले गरेको स्पष्ट व्यवस्थालाई कार्यान्वयन गर्दै प्रक्रिया अघि बढाउँदा सर्वोत्तमलाई बिडिङ प्रणालीले नरोक्ने बताएको छ । बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता नीरज गिरीले पनि बोर्डले बिडिङ प्रणाली उपलब्ध नभएको खण्डमा शिलबन्दी बोलकबोल विधि लागू गर्न सक्ने व्यवस्था रहेको स्पष्ट पारे ।  अन्य कम्पनी पनि अहिले यो विधिसँग जोडिन चाहेको अवस्थामा सर्वोत्तम सिमेन्टले आवश्यक समन्वय गरी प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए ।  बुक बिल्डिङ विधिलाई प्रभावकारी बनाउनुपर्ने माग लगानीकर्ता छोटेलाल रौनियारकोे छ । बुक बिल्डिङ विधि अघि सारेको सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्कासनका लागि सहज वातावरण उपलब्ध गराउन उनले सरोकारवाला निकायसँग मागसमेत गरेका छन् । सर्वोत्तम सिमेन्टको आईपीओलाई बुक बिल्डिङ विधिको एउटा सफल उदाहरण बनाई अन्य कम्पनीलाई पनि यस विधिमार्फत जोड्न प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ विक्री गर्ने गरी गतवर्ष चैत ४ गते नै विक्री प्रबन्धक नियुक्त गरेको थियो । कम्पनीले आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल र सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको थियो ।  कम्पनीले कुल कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानीयका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको छ ।  हाल रू. ३ अर्ब ४० करोड चुक्तापूँजी रहेको कम्पनीको आईपीओपश्चात् यो पूँजी रू. ४ अर्ब पुग्नेछ । व्यावसायिक उत्पादन शुरू गरेपछि नै नाफा कमाउँदै आएकाले विगत ३ वर्षको औसत मुनाफा वार्षिक रू.१ अर्ब ४ करोडभन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ । आईपीओ विक्रीबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण भुक्तानी गरी बाँकी रकमले उद्योगको उत्पादन क्षमता दोब्बर गर्ने योजना बनाएको कम्पनीले आईपीओपश्चात् ३५ प्रतिशत लाभांश वितरण गर्ने योजना विक्री प्रबन्धक नियुक्तिकै दिन सार्वजनिक गरेको थियो । कम्पनीको उत्पादन क्षमता दोब्बर योजनाले ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुने प्रक्षेपण कम्पनीको छ । आईपीओको अंकित मूल्य रू. १०० भए पनि बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताको मूल्यांकनका आधारमा शेयरमूल्य तय हुने व्यवस्था छ । कम्पनीले आन्तरिक मूल्यांकन गर्दा प्रतिकित्ता रू. ७५० भन्दा बढी मूल्य कायम हुने विश्वास लिएको छ । संस्थागत लगानीकर्ताले रू.७५० मूल्य तोकेमा सर्वसाधारणले १० प्रतिशत कम रू.६७५ मै शेयर किन्न पाउने भएकाले सर्वसाधारण लगानीकर्तालाई सहुलियत हुने जानकारहरू बताउँछन् ।  धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीहरूलाई पूँजी बजारमा भित्र्याउने उद्देश्यका साथ २०७७ साल साउन २८ गतेदेखि बुक बिल्डिङ विधि लागू गरेको हो । वास्तविक क्षेत्रका कम्पनीहरूको आईपीओको मूल्य बजारले नै निर्धारण गर्ने गरी बोर्डले बुक बिल्डिङ विधि लागू गरेको हो । बुक बिल्डिङ विधिबाट निष्कासन हुने शेयर किन्न बोर्डबाट ८० भन्दा बढी संस्थागत लगानीकर्ताले स्वीकृति प्राप्त गरिसकेका छन् । आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

सम्बन्धित सामग्री

प्लाष्टिक झोला निषेध गर्न फेरि अलमल

५ साउन, काठमाडौं । १ साउन २०८० देखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने घोषणा कार्यान्वयन थाल्न काठमाडौं महानगरपालिकाले अलमल गरेको छ । महानगरपालिकाले प्लाष्टिकको झोला सहित फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोलाको प्रयोगलाई महानगरपालिका क्षेत्रमा प्रतिबन्ध लगाउने समेत घोषणा गरेको थियो । महानगरको चालु आर्थिक वर्ष २०८०/८१ का लागि […]

प्रदेशको नाममा अब अलमल हुँदैनः मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विगतको पाँच वर्ष प्रदेशको नामका लागि अलमल भएको बताएका छन्। मंगलबार विराटनगरमा आकाशे पुल र स्वागतद्वार निर्माण शिलान्यासका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणको विषयमा अब धेरै अल्झिरहनु नपर्ने बताए। मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई जनतालाई अनुभूत गराउने गरी काम गर्नुपर्ने हुँदा त्यो तयारी नीति कार्यक्रम बजेटबाट हुने बताए। उनले […]

पहिरोको पूर्वसूचना जडान अलमल

सरकारले पहिरोको पूर्वसूचना जडान कार्यमा अझै पनि अलमल गरेको छ । अन्तरसरकारी निकायबीचको समन्वय अभाव तथा पर्याप्त लगानी नहुँदा पहिरोसम्बन्धी पूर्वसूचना जडानमा सरकार अलमलमा परेको हो ।सरकारले गतवर्ष नै ३६ स्थानीय तहमा पहिरोसम्बन्धी पूर्वसूचना जडान गर्ने तयारी गरेको थियो । पहिरोबाट हुने मानवीय तथा धनको क्षति न्यूनीकरण गर्ने लक्ष्यले पूर्वसूचना जडान गर्न लागे पनि सरकारको […]

खिम्ती जलविद्युत् हस्तान्तरणमा दुई वर्षदेखि अलमल

निजी क्षेत्रबाट सरकारमातहत आउन लागेको पहिलो जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरणमा दुई वर्षदेखि अलमल भइरहेको छ । नर्वेको लगानी रहेको हिमाल पावर लिमिटेडले बनाएको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत स्वामित्व हस्तान्तरण २७...

बलात्कारसम्बन्धी अपराधमा हद म्याद फेर्न अलमल गर्नुहुँदैन : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कारसम्बन्धी अपराधमा हद म्यादको व्यवस्था विना अलमल फेर्नुपर्ने बताएका छन् । उनले पछिल्लो समय सार्वजनिक भएको घटनामा सरकारले अनुसन्धान सुरु गरिसकेकाले त्यसबाट अन्यायको अनुभूति हुने कुनै आभाष हुन दिन नहुने बताए । महामन्त्री शर्माले शनिवार सामाजिक सञ्जालमा टिप्पणी गर्दै जनताले आवश्यक पर्दा राज्य सत्ता र संविधान समेत बदलेका […]

कास्कीमा गठबन्धन : सँधै दावीमै सकिन्छ बैठक, गठबन्धनले झनै अलमल

केन्द्रीय सत्ता गठबन्धनभित्रका दलहरू स्थानीय निर्वाचनमा उम्मेदवार चयन लगायत विषयमा कास्कीमा भने अल्मलिएका छन् । केन्द्रीय नेतृत्वको निर्णयमा ढिलाई हुँदा तल्लो तहमा उम्मेदवार सिफारिसदेखि चुनावी गतिविधि सन्चालनसम्ममा अलमल देखिएको हो ।गठबन्धन भित्रैको दल जनता समाजवादी पार्टीले भने कास्कीको अन्नपूर्ण गाउँपालिकासहित केही वडामा उम्मेदवार टुङ्ग्याएको छ । अन्नपूर्णमा २१ वर्षका नवराज पौडेललाई अध्यक्षमा अघि सारेको छ । त्यसबाहेक अन्नपूर्णका आठ वडामा पनि अध्यक्षका उम्मेदवार सिफारिस भैसकेको छ ।उपाध्यक्षसहित

ऋण गरेर बनाएको चोभार सुख्खा बन्दरगाह सञ्चालनमा अलमल

२५ कात्तिक, काठमाडौं । विश्व बैंकको डेढ अर्ब ऋणमा निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाह सञ्चालनमा सरकारी अलमल देखिएको छ । गत साउनमै पूर्वाधार निर्माण सकिएको बन्दरगाह सञ्चालन गर्न भन्सार, वाणिज्य मन्त्रालय र अन्य निकाय बीच ठोस तालमेल नहुँदा योजना सम्पन्न भएर पनि पूर्वाधार प्रयोगविहीन भएको छन् । बन्दरगाह सञ्चालनमा ठोस प्रगति नभएको निर्माण कम्पनी […]

सरकारको अलमल किन ?

ओली सरकारको अन्त्य र देउवा सरकारको निर्माणसहितको सर्वोच्च अदालतबाट परमादेश आदेश हुँदा निकै उत्साहका साथ निर्माण भएको देउवा सरकारको दुई महिना मन्त्रिपरिषद् विस्तार गर्न नसकेर बितिसकेको छ । सत्ताधारी पाँच दलीय गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय पटकपटक गर्दै आए पनि अझैसम्म मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । यसमा देउवाको नेतृत्व र उनले अख्तियार गरेको नीति […] The post सरकारको अलमल किन ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अध्यादेश जारी गर्न अलमल गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच टकराव

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टकराव बढेको छ । मन्त्रिपरिषद्बाट निर्णय गरी राष्ट्रपति कार्यालयमा पेश भएको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न अलमल गरेपछि टकराव बढेको हो । नेकपा एमाले विभाजनका लागि कानूनी रुपमा सहज बनाइदिन सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद संख्या भए पुग्ने गरी अध्यादेश मन्त्रिपरिषद्बाट पारित […]

नयाँ सरकार गठन : माओवादी केन्द्रको ‘अलमल’ किन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन अलमल गर्दा ओली सरकारको आयु लम्बिदै गएको छ । करिब तीन वर्षअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाले सर्वोच्च अदालतको गत फागुन २३ को फैसलाअनुसार वैधता गुमाएसँगै नेकपा एमाले र माओवादी केन्द्र साविककै अवस्थामा फर्किएका छन् ।दुवै दल साविककै अवस्थामा फर्किएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे चर्चा र छलफलसमेत भयो । माओवादी केन्द्रले स्थायी समिति र केन्द्रीय