चितवन – भरतपुर महानगरपालिकाले निर्माणाधीन छ वटा आयोजनालाई समयमै काम पूरा गर्न निर्माण व्यवसायीलाई 'अल्टिमेटम' दिएको छ । भरतपुरका मुख्य सडक खण्डहरूकाे निर्माण कार्य सुस्त भएसँगै जनगुनासो आउन थालेपछि महानगरपालिकाले छिटोभन्दा छिटो काम पूरा गर्न निर्माण कम्पनीलाई अल्टिमेटम दिएको हो ।
आज आइतवार भरतपुर महानगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीबीच भएको छलफलपछि निर्माण कम्पनी रमणले तोकिएको समयमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको भरतपुर महानगरका इन्जिनियर सारकार ला...