काठमाडौं : मूल्यवृद्धिका कारण काम गर्न नसकेको भन्दै निर्माण व्यवसायीहरुले काम ठप्प पारेका छन्। आइतबारदेखि एकैपटक करिब ३५ सय निर्माण साइटका काम बन्द गरिएको नेपाल निमार्ण ब्यवसायी महासंघले जनाएको छ। अत्यावश्यक कामबाहेक आजदेखि ‘कन्स्ट्रक्सन होलिडे’ गरिएको महासंघका अध्यक्ष रबि सिंहले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार पुल, सडक कालोपत्रे, नदी नियन्त्रण बाहेकका आयोजनाहरुमा काम बन्द भएको छ।पेट्रोलियम पदार्थ डिजेल, फलाम जन्य निर्माण सामग्रीलगायतका विभिन्न निर्माण सामग्रीहरुक