महँगी बढेको भन्दै निर्माण ठेकेदारले गरे काम रोक्ने तयारी

पाए जति ठेक्का सकारेर काम अलपत्र पारिरहेका निर्माण ठेकेदारहरूले काम रोक्ने नयाँ बहाना पाएका छन् । बजारमा निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले ‘निर्माण होलिडे’ नै घोषणा गर्न लागेको हो । महँगीलाई कारण देखाउँदै ‘निर्माण होलिडे’ घोषणा गरेपछि काम गर्नु नपर्ने निर्माण व्यवसायीको बुझाइ छ ।पेट्रोलियम पदार्थ र सबैखाले नदीजन्य तथा धातुजन्य सामग्रीको मूल्य बढेकाले काम गर्न नसकिने अवस्था आएको महासंघले दाबी गरेको हो । महासंघ अध्यक्ष रवी