पालिकाको प्रशासनिक भवनको शिलान्याश

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको लागि शिलान्याश गरेको छ।

सम्बन्धित सामग्री

‘वडाको संख्या बढाऔं, पालिकाको घटाऔं’

२५ फागुन, काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले वडाको संख्या बढाउन र पालिकाको संख्या घटाउन सरकारलाई सुझाव दिएको छ । यसो गरिएमा प्रशासनिक खर्च घटाउन मद्दत पुग्ने समितिको जिकीर छ । हाल नेपालमा ७५३ पालिका र ६ हजार ७४३ वटा वडाहरु छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सात वटै […]

स्थानीय सरकारसँग नागरिकको अपेक्षा र विश्वास

संघीय गणतन्त्रले नेपालको प्रशासनिक संरचनालाई संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरेको छ । हाल नेपालमा ७ सय ५३ वटा स्थानीय तह रहेका छन् । यसमा गाउँपालिका, नगरपालिका र जिल्लासभा पर्छन् ।विधानतः अधिकारका आधारमा स्थानीय तह (पालिका) स्थानीय सरकार हुन् । पालिकाको आफ्नै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका रहेको छ । यसको स्पष्ट […]

डडेल्धुराको आलिताल गाउँपालिका कार्यालयमा भिषण आगलागी

काठमाडौं, २० जेठ । डडेल्धुराको आलिताल गाउँपालिका कार्यालयमा भीषण आगलागी भएको छ । शुक्रबार बिहान पालिकामा सञ्चालन गर्दै आएको चमेनागुहमा लागेको आगो प्रशासनिक भवनको कक्षसम्म पुगेको हो । आगलागीबाट पालिकाको प्रशासन कक्षका सोफा, भवनको सिलिङ, कोठाहरुमा भएका सामानहरु जलेका छन् । पालिकाको सुचना पार्टीसमेत जलेको छ । आगलागीबारे समयमै थाहा पाएकोले धेरै क्षति नभएको अनुमान […]

आलिताल गाउँपालिका प्रशासनिक भवनमा आगलागी

भित्रिमधेश क्षेत्रको आलिताल गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ । आलिता गाउँपालिका–५ भिमदत्त नगरमा रहेको पालिकाको प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागी भएको छ ।

डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा आगलागी भएको छ। पालिकाको प्रशासनिक भवनमा आगलागी भएको हो।आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठाभित्रका केही कागजात जलेको जानकारी दिए।बाहिर राखिएको सूचनापाटी समेत जलेको छ। भट्टले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दानबहादुर मडैले शुक्रबार बिहान करिब ४ बजेतिर आगो लागेको जानकारी दिए।

गाउँपालिकाको नमुना भवन

सुर्खेत, जेठ १८। २०७४ सालको निर्वाचनबाट गठन भएका धेरै स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण गरेका छन् । तीमध्ये पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको भवन विशेष प्रकृतिको र मौलिक छ । वीरेन्द्रनगरदेखि ७० किलोमिटर पूर्वमा रहेको सिम्ता गाउँपालिकाको प्रशासनिक भवन पालिकाको नाम सिम्ता शब्दकै प्रारूपमा निर्माण गरिएको छ तर भवनको नाम सतहबाट देखिँदैन । केही उचाइको स्थान वा हवाई […]

चंखेलीका नवनिर्वाचित अध्यक्ष शाहीको पहिलो योजना : गाउँपालिकाकाे आफ्नै भवन बनाउने

हुम्लाको चंखेली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्यारीलाल शाहीले पालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका छन्। आफ्नो पहिलो योजनाअनुसार उनले पदभार ग्रहण गरेसँगै गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका हुन्। यसअघि गाउँपालिका कार्यालय भाडाको...

ताराखोलाले बनायो प्रशासनिक भवन

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले आफ्नो प्रशासनिक भवन  निर्माण गरेको छ । ठेक्का सम्पन्न गर्ने सम्झौता मितिअघि नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण भएको ताराखोला गाउँपालिकाले जनाएको छ ।       ५ करोड लागतमा निशान/आचार्य/बिके जेभी निर्माण कम्पनीले पाँच महिनाअगावै ताराखोला गाउँपालिकामा लिफ्ट सुविधासहित अपांगतामैत्री प्रशासकीय भवन निर्माण गरेको हो । लिफ्टसहितको सुविधासम्पन्न यो संरचना जिल्लाकै पहिलो प्रशासनिक भवन हो । नेपालमा संघीयता लागू भएपछि स्थानीय सरकारलाई प्रशासनिक कार्यका लागि सुविधासम्पन्न भवन अभाव हुँदै आएको थियो ।      ताराखोलाले हालसम्म प्रशासनिक शाखा कार्यालय सार्वजनिक तथा निजी भवन भाडामा लिएर काम गर्दै आएको छ । गाउँपालिकाले साविक अर्गल गाविसको भवनबाट कार्य सम्पादन सुरु गरेको थियो । भवनलाई स्तरोन्नति गरी प्रशासनिक कार्य सम्पादन गर्दै आएकामा गण्डकी प्रदेश सरकारको ६० प्रतिशत अनुदान र पालिकाको ४० प्रतिशत गरी कुल ५ करोड लागतमा ठेक्का प्रक्रियाबाट भवन निर्माण सुरु गरेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।      उनले नवनिर्मित प्रशासकीय भवनबाट फागुन १ गतेदेखि सेवा दिइने बताए । ‘अहिलेको भवन साँघुरो हुँदा सेवा प्रवाहमा निकै समस्या थियो’, अध्यक्ष घर्तीले भने, ‘नयाँ प्रशासनिक भवन निर्माणसँगै सेवा प्रवाह सहज हुने अपेक्षा  छ ।’       निशान/आचार्य/वि.के जेवी निर्माण कम्पनीले ०७७ असार २० गते ५ करोड १० लाख ७ हजार लागतमा भवन निर्माणको सम्झौता गरेको थियो । ०७९ साल असार २० गते सम्पन्न गर्नुपर्नेमा ६ महिनाअघि नै भवन निर्माण सकिएको र माघभित्रै गाउँपालिकालाई हस्तान्तरण गरिएको कम्पनीका प्रतिनिधि ओमप्रकाश घर्तीले बताए ।      लिफ्टसहितको तीनतले भवनमा ३०० क्षमताको सभाहल, योजना शाखा, आइटी शाखा, प्राविधिक शाखा, राजस्व, लेखा र स्टोर, उपाध्यक्ष कक्ष, कानुनी कक्ष, सार्वजनिक कक्ष, पुस्तकालय, सुरक्षा कक्ष, अध्यक्ष कक्ष र प्रशासकीय अधिकृत कक्ष रहेको गाउँपालिकाले बताएको छ । एक पटकमा ६ जना चढ्न मिल्ने लिफ्ट  आधुनिक रहेको र त्यसको मूल्य ३५ लाख परेको गाउँपालिका अध्यक्ष घर्तीले बताए । ताराखोलाको स्थानीय ढुंगा टाँसेर भवनलाई आकर्षक तथा परम्परागत बनाइएको छ । रासस

दुई पालिकाको प्रशासनिक भवन शिलान्यास

बनेपा । काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । यहाँका रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन् । रोशी गाउँपालिका–७ अमलटारमा निर्माण हुन लागेको प्रशासनिक भवन भ्याटसहित रु पाँच करोड ५६ लाख १४ हजार ६८९ लागतमा निर्माण हुन लागेको छ । कैसील […]