दुई पालिकाको प्रशासनिक भवन शिलान्यास

बनेपा । काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । यहाँका रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन् । रोशी गाउँपालिका–७ अमलटारमा निर्माण हुन लागेको प्रशासनिक भवन भ्याटसहित रु पाँच करोड ५६ लाख १४ हजार ६८९ लागतमा निर्माण हुन लागेको छ । कैसील […]

सम्बन्धित सामग्री

रावाबेँसी गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु गरिएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरम्टारमा यसअघि बनेको ट्रस्ट भवन भत्काएर पक्की भवन निर्माण सुरु गरिएको हो । एसई धुम एमकेएस जेभीले ४ करोड ७६ लाख १६ हजार ७९० रुपैयाँमा सम्पन्न गर्ने गरी गाउँपालिकाको भवन निर्माणको ठेक्का लिएको हो । ठेकेदार कम्पनीले ३० महिनाभित्र पुरा […] The post रावाबेँसी गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एकीकृत प्रशासनिक भवन शिलान्यास

लुम्बिनी प्रदेश सरकारको एकीकृत प्रशासनिक भवनको बुधबार शिलान्यास गरिएको छ । प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य ९ वटा मन्त्रालयका प्रशासनिक भवन एकसाथ निर्माण हुन थालेका छन् ।

नगरप्रमुखलाई आफ्नै प्रशासनिक भवन निर्माण पहिलो चुनौती

बलेवा । बागलुङ नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले शनिवार बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको प्रशासनिक भवन शिलान्यास गरे । निर्वाचित भएपछि गरिएको शिलान्यास नै उनको पहिलो काम थियो । कालिका भगवतीको प्रशासनिक भवन शिलान्यास गरेका  नगरप्रमुख श्रेष्ठका लागि आफ्नै नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्नु पहिलो चुनौती रहेको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधिले कब्जा गरेको कृषि ज्ञान केन्द्रलगायत भवनमा अहिले नगरपालिकाका प्रशासनिक शाखा छन् । अहिलेकै भवनबाट प्रशासनिक काम गर्ने वा अन्यत्र व्यवस्थापन गर्ने भन्ने मुख्य चुनौती नवनिर्वाचित नगरप्रमुखलाई बनेको छ । बागलुङ नगरपालिका–४ रातमाटामा रहेको आफ्नै भवन छोडेर नगरपालिका–२ मा रहेका तत्कालीन कृषि विकास कार्यालय, महिला बालबालिका कार्यालय र भूसंरक्षण कार्यालयको भवनमा नगरपालिका सरेको थियो । नगरको मुख्य प्रशासन भने तत्कालीन कृषि विकास कार्यालयबाटै सञ्चालन भइरहेको छ । यो भवनमा दुई वर्षअघि कृषि ज्ञान केन्द्र स्थापना भएपछि पटकपटक विवाद सृजना भएको छ । सर्वसाधारणलाई असुविधा भयो भनेर नगरपालिकालाई सारिएको कृषिको भवनबाट कार्यालय सञ्चालन गर्दा किसान मर्कामा परेको गुनासो बढेको छ । ‘नयाँ जनप्रतिनिधि आएपछि उहाँहरूले हाम्रो भवन छोडिदिनुहुन्छ कि भन्ने लागेको छ, प्रदेशबाट मन्त्रालयले पनि सोही हिसाबले पहल थालेको छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भने । साविक कृषि विकास कार्यालय रहेको भवन र जग्गा स्वतः ज्ञान केन्द्रको हुने र आफूहरूलाई सो भवन आवश्यक रहेको समेत उनको भनाइ थियो । नगरपालिकाले आफ्नो कार्यालय अन्यत्र पनि व्यवस्थापन गर्न सक्ने उनले बताए । गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयले पटक–पटक आग्रह गरेपछि एक वर्ष अघिसम्म कृषिका सबै भवनमा विषयगत शाखा राखेको थियो । त्यस्तै राजस्व र स्वास्थ्य शाखा अन्यत्र व्यवस्थापन गरेर एउटा भवन खाली पनि गरेको थियो । ‘तत्काल नयाँ भवन बनाउने विषयमा सोचेका छैनौं, सबै पक्ष र दलहरूसँग सल्लाह गरेर उपयुक्त व्यवस्थापन हुन्छ,’ नवनिर्वाचित नगरप्रमुख श्रेष्ठले भने, ‘अहिले नै यहाँ जान्छौं भनेर भन्न मिल्दैन ।’ कृषिको भवन नगरपालिकाले नछाडेपछि मुख्यमन्त्रीको कार्यालयले उपसचिव नेत्र पौडेलको नेतृत्वमा समस्या समाधान कार्यदल बनाएको छ । कार्यादलले विकल्प सहितको प्रतिवेदन तयार गरेको र एक दुई साताभित्रै मुख्यमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको केन्द्रका प्रमुख भट्टराईले बताए । नगरपालिकाले भवन नछोडेका कारण कार्यालयमा विभिन्न काम गर्ने शाखा, माटो परीक्षण प्रयोगशाला, कर्मचारीका लागि आवास अभाव रहेको उनको भनाइ थियो । उक्त केन्द्रले अहिले साँघुरो भवनमै कर्मचारी खुम्चाएर  काम गर्दै आएको बताएको छ । रासस

सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्याे ? : प्रचण्ड

चितवन – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरूबीच सहमति र सहकार्य हुनुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले दलहरू एक्लाएक्लै अघि बढेको भए अहिलेको अवस्थामा आउन नसक्ने उल्लेख गर्नुभयो । दलहरूको सहकार्यबाटै संविधान बनेको भन्दै उहाँले भन्नुभयो, ‘सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्याे ?’ के संविधान सभा हुन्थ्यो ? के संविधान जारी हुन्थ्यो ? गिरिजाप्रसाद कोइरालाले आफ्नो जी...

महिला प्रहरीको हत्याका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री देउवा

मोरङ- प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ नगरपालिकामा भएको घटनाका दोषीमाथि कारबाही हुने बताएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले शान्ति, सुरक्षा सरकारको दायित्व हुने भन्दै महिला सुरक्षाकर्मीको मृत्यु हुने गरी भएको घटनामा दोषीमाथि कडा कारबाही गरिने बताएका हुन्। लेटाङमा रहेको एउटा विद्यालयमा शिक्षकले विद्यार्थीलाई यौन दूराचार गरेको आरोपपछि झडपमा हिजो एक […]

प्रहरी जवानको हत्यामा संलग्नले उन्मुक्ति पाउँदैनः प्रधानमन्त्री देउवा

विराटनगर। प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन्। सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै उनले दोषीलाई कारबाही गर्ने बताएका हुन्।

प्रधानमन्त्री देउवाले भने- लेटाङ घटनाका दोषीलाई कारवाही हुन्छ

७ चैत, विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन् । सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताएका हुन् । अपराधमा संलग्नले उन्मुक्ति नपाउने उनले बताए । उनले स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुने पनि बताए । सोमबार सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक […]

उच्च सुरक्षा सतर्कतासहित प्रधानमन्त्री देउवा आज मोरङ जाँदै

काठमाडौँ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाँदै छन् । देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उद्घाटन गर्नेछन् । सुन्दरहरैंचाको कार्यक्रमपछि प्रधानमन्त्री देउवा पाँचथर र खोटाङ पनि पुग्नेछन् । डिआइजी बिसीले प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लामा सुरक्षा सतर्कता […]

निर्वाचन नजिकिएपछि नगरपालिकाको प्रशासनिक भवन शिलान्यास

जनकपुरधाम – कार्यकाल सम्पन्न हुन लाग्दा महोत्तरीको एक नगरपालिकाले आफ्नो प्रशासनिक भवनको शिलान्यास गरेको छ। सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरिसकेपछि महोत्तरीको बलवा नगरपालिकाले आफ्नो प्रशासनिक भवन बनाउनेतर्फ अग्रसर भएको हो। बलवा नगरपालिकाका प्रमुख विनोदकुमार यादवले नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि वडा नं. ५ मा शिलान्यास गरेका छन्।नगरपालिकाको […]

भीमदत्त नगरपालिकाको मुख्य प्रशासनिक भवन शिलान्यास

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य प्रशासनिक भवन शिलान्यास गरिएको छ । शनिवार गणतन्त्र दिवसको अवसरमा नगर प्रमुख सुरेन्द्र विष्टले भवनको शिलान्यास गरेका हुन् । नगरवासीलाई एउटै छानामुनिबाट सेवा दिन नयाँ भवन निर्माण गर्न लागिएको नगरपालिकाले बताएको छ । कुल अनुमानित लागत ३१ करोड ९७ हजार ६०० रुपैयाँ रहेको उक्त प्रशासनिक भवन निर्माणका लागि १६ करोड ४९ लाख ७६ हजारमा ठेक्का सम्झौता भएको छ । नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले दुई वर्षमा सक्ने गरी चारतले भवनको शिलान्यास गरिएको जानकारी दिए । उनका अत्याधुनिक सेवा सुविधा रहनेगरी भवन निर्माण गरिने छ । भवनमा १० वटा मिटिङ हल, नगर प्रमुख तथा उपप्रमुख कक्ष, शाखा कार्यालय कक्ष, प्रशासनिक कक्ष लगायत संरचना बन्नेछन् । चारतले भवनमा लिफ्टको समेत व्यवस्था हुनेछ । भवन निर्माणका लागि चालू आर्थिक वर्षमा संघीय सरकारले १८ लाख बजेट विनियोजन गरेको छ भने थप बजेटका लागि प्रतिबद्धता गरेको छ । अपुग बजेट नगरपालिकाले विनियोजन गर्ने नगरपालिकाका प्रशासकीय  अधिकृत पुष्कर भट्टले बताए । उनका अनुसार हाल छुट्टाछुट्टै भवनमा शाखाहरू सञ्चालन भइरहेकोमा भवन निर्माणपछि एकै ठाउँमा रहने हुँदा सेवा प्रवाह सहज हुनेछ । अहिले एक सयभन्दा बढी कर्मचारी रहेको मुख्य प्रशासनिक कार्यायलमा ठाउँ अभाव छ । नगर प्रमुख सुरेन्द्र विष्टले कार्यायललाई थप व्यवस्थित बनाउन मुख्य प्रशासनिक भवन निर्माण गर्न लागिएको बताए । नगरपालिकाले बलियो भौतिक पूर्वाधारसहित गुणस्तरीय सेवा सम्पादनमा जोड दिएको उनको भनाइ छ । नगरपालिकाले २५ वर्षे गुरुयोजना बनाएर काम गरिरहेको छ । प्रमुख प्रशासकीय भवनको निर्माण समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई नगर प्रमुख विष्टले निर्देशन समेत दिएका छन् । नगर उपप्रमुख सुशीला चन्द सिंहले समयमै भवन निर्माण सम्पन्न गर्न नियमित रूपमा अनुगमन गरिने बताइन् । निर्माण व्यवसायी धर्मराज जोशीले समयमै निर्माण सम्पन्न गर्ने दाबी गरे । निर्माण सामग्रीको अभाव नरहे निर्धारित समयावधि अगाडि भवन निर्माण सक्ने उनले बताए ।