युवा स्वास्थ्यकर्मी सुरेन्द्र सापकोटाले बुटवलको कोभिड अस्पतालमा काम गर्न थालेको झण्डै १ वर्ष पुग्नै थाल्यो ।
बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका सापकोटा लुम्बिनी प्रादेशिक अस्पतालका ल्याब टेक्निनिसियन तथा धागो कारखानास्थित कोभिड अस्पतालको ल्याब इन्चार्ज हुन् ।
महामारीकै बीचमैं ‘फ्रन्टलाइनर’ बन्ने निर्णय गर्दा सुरेन्द्रले परिवारलाई ‘कन्भिन्स’ गर्न पनि निकै पापड पेल्नुपरेको थियो । गत वर्ष कपिलवस्तुमा कोभिडको टीमलाई सपोर्ट गर्दै ‘केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ’ गर्न जान परिवारले ...