काठमाडौं : नेपाली कांग्रेसले अन्तिम रुप नदिइ घोषणापत्र सार्वजनिक गरेको छ। शनिवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन – २०७९ को घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्र लेखन समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा सार्वजनिक भएको संकल्पपत्रलाई अन्तिम रुप भने अझै दिइएको छैन। 'संकल्पपत्र…