काठमाडौं : प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारीमा सबै राजनीतिक दलहरु जुटिसकेका छन्। मंसिर ४ गते हुने निर्वाचनको तयारीका लागि दलहरु चुनाव प्रचारमा गाउँ केन्द्रित भइसकेका छन्।सरकारले चुनावको मिति घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गाउँ केन्द्रित भइरहेको छ। वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा गएको सत्ता गठबन्धन भने अहिले सीट बाँडफाँडको लागि बालुवाटार, खुमलटार र कोटेश्वरमै केन्द्रित छ।एमालेविरुद्ध ‘महागठबन्धन’ बनाएर चुनावी मोर्चामा जानको लागि कांग्रेस, नेकपा माओवादी