तीन जना कर्मचारी राखेर सेवा प्रदान गर्न मर्चेण्ट बैंकर्स  एशोसिएसनद्वारा निर्देशन

जेठ २, काठमाडौं । मर्चेण्ट बैंकर्स एशोसिएसन नेपालले न्युनतम कर्मचारी राखेर सेवा प्रदान गर्न मर्चेण्ट बैंकहरुलाई निर्देशन दिएको छ ।  बैंकर्स एशोसिएसनले सूचना जारी गर्दै अत्यावश्यक सेवा मात्र कार्यलयहरुबाट गर्न र ग्राहकहरुलाई अनलाइन मार्फत धितोपत्र कारोबार गर्न भनेको हो । सूचनामा बढीमा तीन जना कर्मचारीलाई मात्र कार्यालयमा बोलाएर सेवा दिन भनिएको छ । कोरोना महामारीको संकट बढिरहेको भन्दै अनलाइनमार्फत धितोपत्र कारोबार गर्न तथा अत्यावश्यक सेवा मात्र प्रदान गर्न र कार्यालयबाट जनसम्पर्क हुने बाँकी सम्पूर्ण सेवाहरु हाललाई स्थगित गर्न पनि सूचनामा भनिएको छ । नेपाल धितोपत्र बोर्डले सेवा प्रवाह अनलाइनमुखी बनाउन गरेको आग्रहपछि मर्चेण्ट एशोसिएसनले यस्तो निर्देशन जारी गरेको हो । ग्राहक तथा कर्माचारीको स्वास्थ्यलाई ध्यानमा राखी संक्रमणको जोखिम कमगर्न निषेधाज्ञा अवधिभर अनलाइन सेवालाई प्रथामिकता राख्न पनि एशोसिएसनले भनेको छ ।  अनलाइन कारोबारका क्रममा मेरो शेयर वा ईडीआईएस सम्बन्धि समस्या आइपरेमा कम्पनीको फोन नम्बर तथा वेबसाइटमा उल्लेख गरिएको इमेल र मोबाइल नम्बरमा सम्पर्क गरी समस्या समाधन गर्न पनि भनिएको छ ।

सम्बन्धित सामग्री

नेपाल एसबिआई मर्चेण्ट नवौं वर्षमा प्रवेश

काठमाडौं। नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । नवौं वर्ष प्रवेशको अवसरमा कम्पनीमा नयाँ डिम्याट खाता तथा मेरो शेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने बम्पर छूट योजनालाई वार्षिकोत्सवको अवसर पारी सीमित अवधिका लागि थप गरिएको बताइएको छ । साथै, कम्पनीले आगामी दिनमा थप सर्वसुलभ र ग्राहकमैत्री सेवा प्रदान गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

सन नेपाल लाइफको आईपीओ बिहीवारदेखि सर्वसाधारणमा निष्कासन हुने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि भोलि (बिहीवार)देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ७६ लाख ८० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिसकेको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा कम्पनीले आईपीओ विक्री गर्न अनुमति पाएको हो ।  यीबाहेक ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । कर्मचारीहरूका लागि भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्ने जानकारी कम्पनीले दिएको छ । सर्वसाधारणले कम्पनीको आईपीओ खरीदका लागि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने भदौ १४ गतेसम्म विक्री अवधि थप हुने कम्पनीको भनाइ छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।  आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्न सक्षम रहेको औसत स्तरको सुरक्षित रहेको संकेत केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  नयाँ जीवन बीमा कम्पनीको रूपमा यस कम्पनीले २०७४ असोज ६ गतेदेखि सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । यो कम्पनी नाफामै छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८१ करोड १० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ ।

सनराइज क्यापिटलको छुट योजना सार्वजनिक

मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले बिभिन्न सेवाहरूमा छुटका योजनाहरू ल्याएको छ।...

सनराइज क्यापिटलको छुट योजना सार्वजनिक

मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले बिभिन्न सेवाहरूमा छुटका योजनाहरू ल्याएको छ।...

मर्चेण्ट बैंकिङ्ग सेवाको ऐतिहासिक ३० वर्ष पूरा, सन्राईज क्यापिटलद्धारा बिषेश छुट

सनराईज बैंंकले बि. सं. २०७३ माघ २८ मा प्राप्ती गरे पश्चात् यस कम्पनी सनराईज बैंकको सहायक कम्पनीका रुपमा सनराईज क्यापिटलको नामबाट नेपालको पुँजी बजारको विकास र विस्तारमा मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएको छ।

मर्चेण्ट बैंकिङ्ग सेवाको ऐतिहासिक ३० वर्ष पूरा, सन्राईज क्यापिटलद्धारा बिषेश छुट

सनराईज बैंंकले बि. सं. २०७३ माघ २८ मा प्राप्ती गरे पश्चात् यस कम्पनी सनराईज बैंकको सहायक कम्पनीका रुपमा सनराईज क्यापिटलको नामबाट नेपालको पुँजी बजारको विकास र विस्तारमा मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएको छ।

सन्राइज क्यापिटलको विशेष छुट योजना

सन्राइज क्यापिटल स्थापनाको ३० वर्ष पूरा भएकोे छ । नेपालको मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा २०४९ माघ १ गते एन.आई.डि.सि. क्यापिटल मार्केट्स लिमिटेडको नामबाट सञ्ञ्चालनमा आएकोमा २०६७ सालमा एनआइडिसी क्यापिटल मार्केट्सको सहायक कम्पनीका रुपमा एनसिएम मर्चेण्ट बैकिङको नाममा दर्ता भई मर्चेण्ट बैंकिङ कारोबारलाई निरन्तरता दिंदै आएको र सनराईज बैंंकले २०७३ माघ २८ […]

सानिमा क्यापिटलको कार्यालय सर्यो

सानिमा क्यापिटल लिमिटेडको कार्यालय सरेको छ । क्यापिटलको कार्यालय यस अघि पुतलीसडकमा रहेकोमा आज फागुन २५ गतेदेखि नक्सालमा सरेको हो । क्यापिटलको कार्यालयमा यस अघि काठमाडौँ महानगरपालिका वडा नं. २८, शेयर मार्केट्स कमर्शियल कम्प्लेक्स दोश्रो तल्ला, पुतलीसडकमा रहेको थियो । आज फाल्गुण २५ गते बुधबारदेखि क्यापिटलको कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. १, सम मार्ग, नक्साल, काठमाण्डौमा स्थानान्तरण  भएको हो।क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरि मर्चेण्ट बैकिङ्ग सम्वन्धी सेवा प्रदान गर्दै आएको छ।

प्रभु क्यापिटलको साधारण सभा सम्पन्न, ४०% लाभांश पारित

असोज १७, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको १३औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सभा छायाँ सेन्टर ठमेलमा सम्पन्न भएको हो ।  सभाले २२ दशमलव ३८८५ प्रतिशत बोनस शेयर र १७ दशमलव ६१ प्रतिशत नगद लाभांश गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  यस क्यापिटलले मर्चेण्ट बैंकिङ अन्तर्गत शेयर रजिष्ट्रार, निष्कासन तथा विक्री प्रबन्धक, प्रत्याभुतिकर्ताका साथै डिपी सदस्य, सामुहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन लगायतका सेवा प्रदान गर्दै आएको छ ।