सानिमा क्यापिटलको कार्यालय सर्यो

सानिमा क्यापिटल लिमिटेडको कार्यालय सरेको छ । क्यापिटलको कार्यालय यस अघि पुतलीसडकमा रहेकोमा आज फागुन २५ गतेदेखि नक्सालमा सरेको हो । क्यापिटलको कार्यालयमा यस अघि काठमाडौँ महानगरपालिका वडा नं. २८, शेयर मार्केट्स कमर्शियल कम्प्लेक्स दोश्रो तल्ला, पुतलीसडकमा रहेको थियो । आज फाल्गुण २५ गते बुधबारदेखि क्यापिटलको कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. १, सम मार्ग, नक्साल, काठमाण्डौमा स्थानान्तरण  भएको हो।क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरि मर्चेण्ट बैकिङ्ग सम्वन्धी सेवा प्रदान गर्दै आएको छ। 

सम्बन्धित सामग्री

सानिमा क्यापिटलको १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सानिमा क्यापिटलले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले असोज २३ गते साधारणसभा आह्वान गरेको छ ।  साधारणसभामा लाभांशका साथै अन्य प्रस्तावहरू पनि पेश हुने छन् । साधारणसभामा वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने लगायतका विविध प्रस्तावहरू पनि पेश हुने कम्पनीले जानकारी दिएको छ ।

सानिमा क्यापिटलको साधारणसभा आह्वान, १५.७८ प्रतिशत लाभांश

सानिमा क्यापिटलले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले असोज २६ गते नक्साल सहित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १५.७८९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सानिमा क्यापिटल सानिमा बैंकको सहायक कम्पनी भएकोले यो लाभांश सानिमा बैंकले पाउने छ ।यस्ता छन् सभामा पेश हुने अन्य प्रस्ताव :१. सातौं वार्षिक साधारणसभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात, आ.व. २०७४/०७९ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने। ३. आ.व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।४. सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १५.७८९ प्रतिशतले हुने रकम रू.३,९४,७३,६८४/- (तीन करोड चौरानब्बे लाख त्रिहत्तर हजार छ सय चौरासी मात्र) बराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने ।५. विविध

सानिमा इक्विटी फन्डले इकाइधनीलाई २२ प्रतिशत नगद प्रतिफल दिने

२८ भदौ, काठमाडौं । सानिमा इक्विटी फन्डले २०७८/७९ को मुनाफाबाट इकाइधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको उक्त फन्डले इकाइधनीलाई २२ प्रतिशत नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । सोमबार बसेको सानिमा क्यापिटलको सञ्चालक समिति बैठकले कोष प्रवर्द्धक सानिमा बैंक रहेको १ अर्ब ३० करोडको उक्त फन्डले गत […]

सानिमा क्यापिटलको विशेष साधारण सभा पुस २३ गते

पुस ७, काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले विशेष साधारण सभा पुस २३ गते गर्ने भएको छ । सभा सानिमा बैंकको सभाहल नक्साल काठमाडौंमा अपरान्ह ३ बजे शुरु हुने जानकारी गराएको छ । सभाले रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्न, कम्पनीको उद्देश्य थप गर्न तथा सञ्चालक समितिको बैठक भत्ता सम्बन्धी व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधन नियमनकारी नकायबाट कुनै फेरबदल सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सानिमा क्यापिटलको साधारण सभा असोज १५ गते हुँदै

असोज १२, काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा असोज १५ गते गर्ने भएको छ । कम्पनीले सभा अपरान्ह १ बजे सानिमा बैंकको केन्द्रीय कार्यालय नक्सालमा गर्ने बताएको छ ।सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सानिमा क्यापिटलको छैठौं साधारण सभा असोज १५ गते

भदौ २५, काठमाडौं । सानिमा क्यापिटलको छैठौं वार्षिक साधारण सभा असोज १५ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय, नक्साल, काठमाडौंमा अपरान्ह्र १ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।    साधारण सभाको प्रस्तावमा कम्पनीले शेयरधनीहरुलाई चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने रहेको छ ।  साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको सेवा सुविधा सम्बन्धमा छलफल गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सानिमा इक्विटी फण्डले ३३ प्रतिशत प्रतिफल दिने

सानिमा इक्विटी फण्डले आफ्ना लगानीकर्ताहरुलाई ३३ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । सानिमा क्यापिटलको भदौ १५ गते बसेको सञ्चालक समितको बैठकले लाभांश घोषणा गरेको हो ।सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको इक्विटीले लगानीकर्तालाई आकर्षक प्रतिफल दिने भएको छ । घोषणा अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका ईकाई धनीहरुले ३३ प्रतिशत प्रतिफल पाउनेछन् ।योजनाको आकार एक अर्ब ३० करोड रुपैयाँको करसहित ३३ प्रतिशत हुन आउने ४२ करोड नब्बे लाख रुपैयाँ प्रतिफ

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ शनिबार बाडफाँड हुने

काठमाडौँ-  सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओ भोलि शनिबार बिहान ११ बजे बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कम्पनीको आइपीओ भोलि ११ बजे सानिमा लाइफ इन्सुरेन्सको कार्यालय दरबारमार्गमा बाँडफाँड गरिने भएको हो। सानिमाको आईपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकले ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर खरिदको […]

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्दै, कस्तो देखिएला लगानीकर्ताको आकर्षण ?

काठमाडौं । सानिमा क्यापिटलको दोस्रो क्लोज इन्डेड म्युचुअल फण्ड आजदेखि खुला हुँदैछ । ७ वर्ष अवधि रहेको ‘सानिमा लार्ज क्याप फण्ड’ को बिक्री शुक्रबारदेखि खुला गर्न लागेको कोष व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । यो म्युचुअल फण्डले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचुअल फण्ड बजारमा ल्याउन लागेको हो । शुक्रबारदेखि खुला हुने उक्त आईपीओको आवेदन  मङ्गलबार बन्द हुनेछ ।प्रति इकाई १० रुपैयाँ मूल्य रहेको उक्त आईपीओका लागि न्यूनतम १ सय कित्तादेखि अधिकतम १ करोड कित्तासम्मको लागि आवेद