असोज १७, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको १३औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सभा छायाँ सेन्टर ठमेलमा सम्पन्न भएको हो ।
सभाले २२ दशमलव ३८८५ प्रतिशत बोनस शेयर र १७ दशमलव ६१ प्रतिशत नगद लाभांश गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस क्यापिटलले मर्चेण्ट बैंकिङ अन्तर्गत शेयर रजिष्ट्रार, निष्कासन तथा विक्री प्रबन्धक, प्रत्याभुतिकर्ताका साथै डिपी सदस्य, सामुहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन लगायतका सेवा प्रदान गर्दै आएको छ ।