बाँकेका थारू समुदायमा अधिक मात्रामा देखिँदै ‘सिकल सेल’

नेपालगञ्ज – बाँकेका थारू समुदायमा सिकल सेल तथा थाल सेमिया रोगको प्रकोप अधिक मात्रामा देखिएको छ। सिकल सेल तथा थाल सेमिया रोगले थारू समुदायलाई गाँज्दै लगेको छ। जिल्लाको थारू समुदायको बाहुल्य रहेको ठाउँमा गरिएका परीक्षणमा ठूलो संख्यामा थारू समुदायका मानिसलाई यो रोग देखापरेको छ। राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा मात्रै एक सय ५० जनाको स्याम्पल जाँच गर्दा […]

सम्बन्धित सामग्री

कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै

घोडाघोडी । यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो समुदायले हरेक वर्ष विवाह पञ्चमीमा लवाङ्गी पूजा गर्दै आएको छ । थारू अगुवा चन्द्रकुमार चौधरीका अनुसार यो पूजासँगै थारू समुदायमा भजहर, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको […]

दशैंका लागि घर सजाउँदै कञ्चनपुरका थारू समुदाय

१ कात्तिक, कञ्चनपुर । यतिबेला कञ्चनपुरका थारू समुदायका महिलाहरु दशैंका लागि घर सजाउन व्यस्त छन् । दशैंका लागि घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका व्यक्ति व्यस्त देखिन्छन् ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का देवी चौधरी घर लिपपोत गर्नमा व्यस्त हुनुहुन्छ । उहाँले थारू समुदायमा दशैंमा […]

झाम्टा नाचको संरक्षणमा जुट्दै थारू समुदाय

थारू महिलाको पर्वका रूपमा छुट्टै विशेषता बोकेको पर्व हो, जितिया । जितिया पर्वलाई थारू समुदायका महिलाले सांस्कृतिक पर्वका रूपमा लिने गर्छन् । नवलपुरका थारू समुदायमा परम्परागत रूपमा नाचिने ‘झाम्टा’ नाचको संरक्षणमा थारू समुदाय जुटेका छन् । जितिया पर्वको अवसरमा नवलपुरमा थारू समुदायका महिला ‘झाम्टा’ गीत गाउँदै नाच्दै जितिया मनाउने प्रचलन रहेको छ । पछिल्लो समयमा ‘झाम्टा’ नाच हराउँदै जान थालेपछि जितिया पर्वको अवसरमा जिल्लामा प्रतियोगितासमेत सञ्चालन गरिएको छ ।

थारू समुदायमा देखिने ‘सिकलसेल एनिमिया’ बारे राष्ट्रसङ्घको ध्यानाकर्षण गराउन माग

काठमाडौं : आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका थारू समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताएका छन्।राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारू समुदाय सिकलसेल एनिमियाबाट प्रभावित रहेको भन्दै राष्ट्रसङ्घको स्थायी मञ्चले यस विषयमा सोच्नुपर्ने बताएका हुन्। अध्यक्ष मगरले पर

थारू वस्तीमा माघी र नयाँ वर्षको रमझम

धनगढी– १ माघ अर्थात मकर संक्रान्ति । मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाइने गरिन्छ । थारू समुदायमा भने माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारू संवत २६४६ सुरु हुँदैछ । जसका लागि थारू समुदाय तयारीमा जुटेको छ । माघी र नयाँ वर्षलाई धुमधामका साथ मनाउने थारू समुदाय मघौटा, धमार झुम्रा नाचमा […]

सबैजसो चुनावमा भोट बैंकमा सीमित सुर्खेतका थारू समुदाय !

आइतबार हुने आम निर्वाचनले यतिबेला गाउँ बस्तीहरु चुनावमय बनेका छन् । सुर्खेत उपत्यकाको मुख्य आदिबासी थारू समुदायमा भने चुनावको रौनकताले छुन सकेको छैन । झुरुप्प बस्ती । मान्छेहरु आ–आफ्नै धुनमा, न कसैको बारेमा कसैलाई चासो, न त चुनावबारे मतलव नै । बुधबार बिहान ११ बजे वीरेन्द्रनगर–१० नयाँगाउँमा पुग्दा च्यारे थरुनी (६८) भैँसीलाई कुँडो खुवाउँदै थिइन् । लगत्तै बाटामा लसुनको बीउ, बोतलमा पानी बोकेर बारीमा जान तरखरमा रहेकी उनलाई चुनाव र उम्मेदवारबारे कुनै चासो थिएन । ‘भोट हाल्न

बद्लिँदै थारू गाउँको ‘धुरहेरी’!

होलीलाई रंगको पर्वका रुपमा अर्थ्याइए पनि सँगै एउटै समुदायमा बसोबास गर्ने थारू समुदाय भने होलीलाई रंगविनाको होली अर्थात् धुरहेरी भनेर अर्थ्याउँछन्। पश्चिमी तराईमा बसोबास गर्ने थारू समुदाय होलीमा रंग लगाउँदैनन् भन्दा अचम्म पर्नुहोला। तर, वास्तविकता त्यही थियो, अहिले भने त्यो बदलिएको छ।

बद्लिँदै थारू गाउँको ‘धुरहेरी’!

होलीलाई रंगको पर्वका रुपमा अर्थ्याइए पनि सँगै एउटै समुदायमा बसोबास गर्ने थारू समुदाय भने होलीलाई रंगविनाको होली अर्थात् धुरहेरी भनेर अर्थ्याउँछन्। पश्चिमी तराईमा बसोबास गर्ने थारू समुदाय होलीमा रंग लगाउँदैनन् भन्दा अचम्म पर्नुहोला। तर, वास्तविकता त्यही थि...

होलिका जलाउँदै थारू समुदाय (फोटोफिचर)

कञ्चनपुर, ४ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का थारु समुदायका व्यक्ति होलिका जलाएको आगो घर लैजान भेला हुँदै । होलिका जलाएको आगो घरमा लगेर वर्षभरिका लागि सञ्चित गरी राख्नु पर्ने चलन थारू समुदायमा छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस

अट्वारी मनाउँदै थारू समुदाय

पश्चिम तराईका थारू समुदायले आइतबारदेखि अट्वारी पर्व मनाउन सुरु गरेका छन् । अट्वारी सोमबारसम्म मनाइन्छ । दाजुभाइ र दिदीबहिनीको सद्भावको पर्वका रूपमा लिइने अट्वारी यो समुदायमा महत्वपूर्ण मानिन्छ ।