थारू समुदायमा देखिने ‘सिकलसेल एनिमिया’ बारे राष्ट्रसङ्घको ध्यानाकर्षण गराउन माग

काठमाडौं : आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका थारू समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताएका छन्।राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारू समुदाय सिकलसेल एनिमियाबाट प्रभावित रहेको भन्दै राष्ट्रसङ्घको स्थायी मञ्चले यस विषयमा सोच्नुपर्ने बताएका हुन्। अध्यक्ष मगरले पर