थारू महिलाको पर्वका रूपमा छुट्टै विशेषता बोकेको पर्व हो, जितिया । जितिया पर्वलाई थारू समुदायका महिलाले सांस्कृतिक पर्वका रूपमा लिने गर्छन् । नवलपुरका थारू समुदायमा परम्परागत रूपमा नाचिने ‘झाम्टा’ नाचको संरक्षणमा थारू समुदाय जुटेका छन् । जितिया पर्वको अवसरमा नवलपुरमा थारू समुदायका महिला ‘झाम्टा’ गीत गाउँदै नाच्दै जितिया मनाउने प्रचलन रहेको छ । पछिल्लो समयमा ‘झाम्टा’ नाच हराउँदै जान थालेपछि जितिया पर्वको अवसरमा जिल्लामा प्रतियोगितासमेत सञ्चालन गरिएको छ ।