आइतबार हुने आम निर्वाचनले यतिबेला गाउँ बस्तीहरु चुनावमय बनेका छन् । सुर्खेत उपत्यकाको मुख्य आदिबासी थारू समुदायमा भने चुनावको रौनकताले छुन सकेको छैन । झुरुप्प बस्ती । मान्छेहरु आ–आफ्नै धुनमा, न कसैको बारेमा कसैलाई चासो, न त चुनावबारे मतलव नै । बुधबार बिहान ११ बजे वीरेन्द्रनगर–१० नयाँगाउँमा पुग्दा च्यारे थरुनी (६८) भैँसीलाई कुँडो खुवाउँदै थिइन् । लगत्तै बाटामा लसुनको बीउ, बोतलमा पानी बोकेर बारीमा जान तरखरमा रहेकी उनलाई चुनाव र उम्मेदवारबारे कुनै चासो थिएन । ‘भोट हाल्न