होलीलाई रंगको पर्वका रुपमा अर्थ्याइए पनि सँगै एउटै समुदायमा बसोबास गर्ने थारू समुदाय भने होलीलाई रंगविनाको होली अर्थात् धुरहेरी भनेर अर्थ्याउँछन्। पश्चिमी तराईमा बसोबास गर्ने थारू समुदाय होलीमा रंग लगाउँदैनन् भन्दा अचम्म पर्नुहोला। तर, वास्तविकता त्यही थियो, अहिले भने त्यो बदलिएको छ।