चैत ३०, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२ हजार २६२ दशमलव ७० पुगेको छ ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा पनि कम्पनीको शेयरमा ५३ हजार ६५८ कित्ता शेयर खरीद माग र विक्री माग शून्य रहेको छ । कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको थियो ।
धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको दोस्रो दिन देखिनै सर्किट लेबलमा वृद्धि हुँदै आएको छ ।