वैशाख ५, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सोमवार सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२ हजार ७३७ दशमलव ७० पुगेको छ ।
धितोपत्रको दोस्रो बजारमा आएको दोस्रो दिनदेखिनै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दै आएको छ । सोमवार पनि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २८ हजार ८५ कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।