चैत २२, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको करीब दुई घण्टाको अवधिमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा आएका २१९ ओटा धितोपत्र मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको हो । उक्त अवधिसम्ममा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४०५ र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य रू.१ हजार ७५६ दशलमव १० पुगेको छ । ती दुबै कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेका हुन् ।